२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

संस्कृति रक्षा दौड प्रतियोगिता सम्पन्न

२०७३, १ बैशाख बुधबार ०१:०५

Doti news

भाष्कर के.सी । बैशाख १, कञ्चनपुर । शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए पहिचान हराउछ, पहिचान हराए राष्ट्र हराउछ भन्ने मुल नाराका साथ नयाँ वर्ष २०७३ सालको उपलक्ष्यमा हिन्दु स्वयंसेवक संघ नेपाल कञ्चनपुरले हरेक वर्ष गर्ने संस्कृति रक्षा दौड प्रतियागिता मंगलबार सम्पन्न गरेको छ ।

हिन्दु धर्मको संरक्षण गर्नु र विक्रम संवतको महत्व तथा यसको संरक्षण गर्न उक्त प्रतियोगिता गरिएको नगर सचिव उमेश प्रसाद जोशीले बताउनु भयोे । सो प्रतियोगिताकालागि प्रथम, दितीय तृतीय र सान्त्वना गरि क्रमशः रु.७,०००, रु.५,०००, रु.३,००० र रु.५००।– नगद पुरस्कार राखिएको थियो ।

मंगलबार भएको ७ कि.मि.दौड प्रतियोगितामा ५०० जनाले भाग लिएको उक्त दौडमा भारतिय सेनामा कार्यरत राइफलमेन बेतकोट नगरपालिका–५सुन्दरपुरका रविन्द्र कुवंर प्रथम भएका छन् । द्वितिय उपेन्द्र उराँव जो नेपाली सेनामा कार्यरत छन् त्यसै गरी तृत्तिय हुनेमा अर्जुन गिरी रहेका छन भन राजेन्द्र ठगुन्ना र चक्र मल्लले सन्तवना पुरुस्कार हात पार्न सफल भएका छन् ।

कार्यक्रमको सभापतित्व कार्यक्रमका संयोजक विवेक राज जोशीले गर्नु भएको थियो, प्रमुख अतिथिमा बलिवुडका फिल्म स्टार तथा महाभारत धारावाहीका युधिष्ठर गजेन्द्र चौहानले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !