2026-06-30 01:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बिद्युत कार्यालयको चरम लापरवाहीले ४ बर्ष देखी बस्ती अन्धकार

विमल धामी, बैशाख २, कञ्चनपुर / कञ्चनपुर जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैवाहमा बिगत ४ बर्ष यता देखी सरकारले कसम खानको लागी बत्ती पुर्याएको छ । तर त्यो लाईटले बस्तीमा उज्यालो भने दिएको छैन् ।

त्यो लाईटले मोवाईल चार्ज पनि नहुने स्थानियको भनाई रहेको छ । एक स्थानिय एस.एल.सी दिएर बसेका बिद्यर्थीले भने “ हामी बालबालिकाले पढ्न पाउँने अधिकार समेत यो सरकारले बत्ती नदिएर हाम्रो अधिकार हनन गरेको कुरा बताए । हाम्रो घरमा लाईट जडान गरेको छ तर डिमलाईटको कारण उज्यालो नभए कसरी अध्यन गर्ने ।”

स्थानिय बासीहरु भन्छन् यो सरकार धनीहरुका लागी मात्र रहेछ । बोल्ने मान्छेहरुका लागी मात्र रहेछ । हाम्रो यहाँका मान्छे ईमान्दार हुनाले हामीलाई हेर्ने दृष्टी हेपाह प्रकारको रहेको स्पष्ट देखीएको छ । अर्का स्थानिय पर्वत कडालले भने बिगत ४ बर्ष यता देखी बैवाह बैजनाथ टोलाका नागरिकहरुले मोवाईल चार्ज गरेको मात्र महसुल तिरिरहेका छौँ ।

भोट माग्ने बेला नेताहरु हाम्रो घर दैलोमा बिरालोको भेष गरेर म्याउँ म्याउँ गरेर ठुला ठुला भषण गर्ने जिते पछि वास्ता नगर्ने नेताहरुको धर्म बनेको छ । उनले भने हामीले कस नेताको कर्ज लिएका रहेछौ किन हामीलाई यस्तो ब्यबहार गरिदै छ । हामीले हिजो अस्ती मात्र महेन्द्रनगरको १मोवाईल पसलमा बिद्युत सर्टका कारण आगलागी भयो भन्ने सुन्यौ तर हाम्रो बैबाहमा जिब्रोमा करेन्ट लगाए पनि करेन्ट लाग्दैन कही बिद्युत पावरले आगलागी हुन्छ कही जिब्रोमा पनि करेन्ट लाग्दैन ।

अर्का स्थानिय धनराज उपाध्यायले भने हामीले बिद्युतको नियम अनुसार मिटर लागाएको पैसा खाली महिनेवारी तरिकाले तिरीरहेका छौँ । हामीले ४बर्ष सम्म त बिद्युत महसुल तिर्यौ । अव पनि हाम्रो ठाउँमा ट्रान्समिटर राखीदैन भने यो सरकारले हामीलाई दिएको बिद्युत लाईन पनि फिर्ता लिन अनुरोध गर्ने जनाए । उनले भने हाम्रो यहाँ ट्रान्समिटर राखे वाड नं.८,९ र १०का नागरिकहरु लाभाम्बित हुने बताए ।

यस पालिको बस्तीस्तरको योजना छनौट प्रकृयामा पनि वडा नं.८,९र१० बाट बैबाहको बैजनाथ टोलमा ट्रान्समिटर राख्ने निर्णय ३वटै वडा देखी गरिएको छ । तर यहाँका नेताहरुले यसको बारेमा के भयो भन्ने कुरा जानकारी नभएको बताए । गर्मी महिना लाग्ना साथ स्थानियमा चिन्ता हुन थालेको छ । बेलौरी बिद्युत कार्यालयले आउँछ भन्ने खाली आशवासन मात्र दिईराखेको छ । कहिले आउँने भन्ने मिति थाहाँ नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ