Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

रुपाकोट मझुवागढी नपामा फोहर व्यवस्थापन केन्द्र

२०७४, २४ जेष्ठ बुधबार ०६:०८

जेठ २४, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलमा लामो समयदेखि थन्किएको फोहर व्यवस्थापन गर्र्न थालिएको छ । 

रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायिक वनले जग्गा उपलब्ध गराएपछि सदरमुकाम दिक्तेलमा जथाभावी फालिएका फोहर व्यवस्थापन गर्न थालिएको हो । 

भर्खरै सञ्चालनमा ल्याइएको फोहर व्यवस्थापन केन्द्र सदरमुकाम दिक्तेलबाट करिब १२ किमी टाढा रहेको छ । सामुदायिक वनले जग्गा उपलब्ध गराउनाका साथै नगरपालिका र जिल्ला समन्वय समितिको पहलमा सडक निर्माण गरेपछि फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको हो । 

लफ्याङमा सञ्चालन गरिएको फोहर व्यवस्थापन केन्द्र वातावरणीय हिसाबले उपयुक्त ठाउँमा रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । 

“सामुदायिक वनको जग्गामा सञ्चालन गरिएको फोहर व्यवस्थापन केन्द्र गाउँबाट करिब पाँच किमी टाढा पर्छ”, उहाँले भन्नुभयो, “वातावरणीय हिसाबले उपयुक्त ठाउँ मानिएको फोहर व्यवस्थापन केन्द्रमा करिब २०० वर्षसम्मका फोहर व्यवस्थापन गर्न सकिने अनुमान गरिएको हो ।” 

फोहर व्यवस्थापन केन्द्र स्थापनाका लागि नेपाल सरकार सचिवस्तरको बैठकले गत २०७३ साल चैत १० गते स्वीकृति दिएको थियो । सरकारको निर्णयलगत्तै वातावरण व्यवस्थापन विभागबाट पत्र आएपछि सामुदायिक वनको बीचभागमा रहेको करिब ४० रोपनी खाली जग्गामा फोहर व्यवस्थापन केन्द्र स्थापना गरिएको हो । 

फोहर व्यवस्थापन केन्द्रमा नगरपालिकाका तर्फबाट हरेक हप्ताको दुई पटक फोहर फाल्ने व्यवस्था मिलाइएको नगरपालिकाका कार्यकारी अधिकृत खिलाराज राईले बताउनुभयो । “तत्कालका लागि नगरपालिकाबाटै व्यवस्थापन गर्दै आइएको छ”, उहाँले भन्नुभयो, “अब केही दिनमै फोहर व्यवस्थापन कम्पनीले काम थाल्नेछ ।” 

नगरपालिकाले आगामी दिनमा फोहर व्यवस्थापनका लागि कालिका फोहर व्यवस्थापन कम्पनीसँग सम्झौता गरेको छ । कामको जिम्मेवारी पाएको कम्पनीले जनप्रतिनिधि चुनिएपछि काम थाल्ने नगरपालिकाले जनाएको छ । 

फोहर व्यवस्थापन केन्द्रसम्म पुग्ने सडक नगरपालिकाको रु १२ लाख पचास हजार र जिल्ला समन्वय समितिको रु दुई लाख लगानीमा निर्माण गरिएको छ । सडक बाह्रैमहिना सञ्चालनमा रहने निर्माण उपभोक्ता समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश