2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जति सरकार फेरीएपनि आरक्ष पीडितका पिडा उस्तै

बैशाख २०, कञ्चनपुर ।

भोको पेटमा गाँस दिन नसक्ने सरकारले पीडितको भलो गरेन् । अब अधिकारका लागि फेरी संघर्ष गर्ने

कञ्चनपुरका आरक्ष पीडितहरुले जति सरकार फेरीए पनि आफुहरुका पिडा उस्तै भएको भन्दै सरकारको कडा रुपमा आलोचना गरेको छ ।
सोमबार देखतभूली १ ढक्का बस्तीमा आयोजिता पीडितहरुको आम भेलाले जुन पाटीको सरकार आएपनि आफुहरुका पिडा उस्तै भएको निकर्ष निकालेका छन् । भेलामा सहभागी पीडितहरुले आसै आसमा बनमा १५ बर्ष वितेको बताएका छन् । पीडितहरुले विस्थापित देखि झण्डै दर्जन सरकार फेरीएपनि सरकारी उदाशिनताका कारण आफुहरुको समस्या ज्यूँउका त्यू भएको बताएका छन् । दलगत स्वार्थका कारण आफुहरुको समस्या समाधान हुनुको साटो झन जटिल बन्दै गएको भन्दै पीडितहरुले दलहरुले आफ्ना सामु आश्वासन दिन बाहेक आफ्नो पीडा बारे गम्भिर नभएको गुनासो गरेका छन् ।

संकटकाल देखि गणतान्त्रिक सरकारसम्म आईपुग्दा समेत पीडितहरुको व्यवस्थापनमा कुनै चासो नदेखाईएको पीडितहरुले आरोप लगाएका छन् । पीडितहरुले सरकारी उदाशिनता र अमानवियताका कारण समस्या रतीभर समाधान हुन नसकेको विश्लेषण गरेका छन् ।
दलहरुले आफ्ना कार्यकर्ता पाल्न आयोग गठन गर्ने र उक्त आयोगले भत्ता पचाउने बाहेक कुनै पनि काम गर्न नसकेको बताएका छन् ।

पीडितहरुका नाउमा दलका केही कार्यकर्ताहरुलाई कमाईखाने भाँडो बनेको भन्दै पीडितहरुले अधिकार सम्पन्न आयोग गठन गर्न समेत माग गरेका छन् । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले अधिकार सम्पन्न आयोग गठन हुन नसक्दा समेत समस्या समाधान हुन नसकेको बताउनुभयो । विच विचमा बनेका केही आयोगहरुले जनताको भन्दा पनि नेताहरुको चाकरी गरेर पीडितहरुलाई झन पिडा दिने काम गरेको अध्यक्ष भण्डारीको विश्लेषण छ ।

ठाकुर आयोगले पीडितहरुलाई न्याय दिनुको साटो उल्टै पिडितलाई पिडा दिने काम गरेको समेत आरक्ष पीडितहरुले दावि गरेका छन् । पीडितहरुले केही दिन भित्रै सरकारले आफुहरुको उचित व्यवस्थापन बारे चासो नदिएर जेठ देखि कडा आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । पीडितहरुको माग प्रति सरकार गम्भिर र यथाशिध्र काम अघि नबढाए कडा आन्दोलन गर्ने भएका हुन् । पीडितहरुले विगतको आयोगले दुई हजार ४७३ परिवारलाई पहिचान गरेको भन्दै अझै पनि छुटपुट भएकाले पहिचान भएकालाई व्यवस्थापन गर्नुपर्ने र बाँकीको समेत पहिचान गरेर व्यवस्थापन गर्नुपर्नेमा जोडदिएका छन् ।

विस २०५८ सालमा तत्तकालिन प्रधानमन्त्री शेर बहादुर देउवाले संकटकालको मौका छोपी जनताको घरमा बन्दुकको नाल देखाउदै विस्तापित गरेको र अब देउवा प्रधानमन्त्री बन्ने भएकाले फेरी पनि देउवाले स्थापित गर्ने आशा लिएका छन् । विस्थापित भएदेखि पीडितहरुको घरबार तहस नहस भएको छ । आरक्ष विस्तारका क्रम्मा विस्थापित गराईएका पीडितहरु विभिन्न शिबिरमा खुला आकासमुनी बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई