2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मासु व्यवसायीलाई अभिमुखीकरण सम्पन्न

भाष्कर के.सी. बैशाख २५, कञ्चनपुर ।  पशु सेवा विभाग जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले शनिबार कञ्चनपुरका मासु व्यवसायीलाई पशु सेवा सम्बन्धि विधमान ऐन, नियम र मापदण्ड सम्बन्धि अभिमुखीकरण सम्पन्न गरेको छ ।

व्यवसायको रुपमा बढदै गएको मासु जन्य वस्तुको बिक्री वितरणमा नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप मासु बेच्नु पर्ने हुन्छ नेपाल देखि विदेशमा वार्षिक ७० करोडको मासु निर्यात हुदैं आएको छ । त्यसै गरी कञ्चनपुरमा १० क्विन्टल मासु प्रत्येक दिन विक्री वितरण हुदंै आएको छ ।
भीमदत्तनगरपालिकामा रहेका ४०– ४२ मासु पसल मध्ये आठ मासु पसलले मात्र मासु व्यवसायीले गर्नु पर्ने न्युनतम मापदण्ड पुरा गरेको जिल्ला पशु सेवा कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ डा. मदन सिह धामीले बताउनु भयो न्युनतम मापदण्ड पुरा गर्ने मासु व्यबसायीमा श्रेष्ठ फ्रेस हाउस, चन्द फ्रेस हाउस, दोधरा चाँदनी फ्रेस हाउस, गुणस्तरीय मासु पसल, बृद्धिको मासु पसल, रोयल मीट, किसान फ्रेस हाउस र अपि फ्रेस हाउस रहेका छन् ।

मासु खरीद गर्न जाने कोही पनि जनचेतनाको कमीका कारण जहाँ पायो त्यही बाट मासु खरीद गर्ने, फ्रिजमा राखेको मासु खान नखोज्ने, मापदण्ड अनुरुप रहेका मासु पसलमा जान न खोज्नाले मासु व्यवसायी आफु खुशी खुला रोडमा राखेर बेच्ने गरेकोे कुरा तरकारी व्यबसायी तथा निर्वतमान अध्यक्ष तर्कराज भट्टले बताउनु भयो ।

मासु पसलले जथाभावीे फोहोर, झिङ्गा भन्केको र बासी सडे गलेको बेच्ने हुनाले यस्ता मासु पसल बाट खरीद नगरी न्युनतम मापदण्ड पुरा गरेका मासु व्यवसायी बाट मासु किन्नु पर्ने र सडेगलेको झिङ्गा लागेको बिरामी पशुको मासु खाँदाशरीरमा सिधै रोगका जिवाणु पस्ने र विभिन्न किसिमका रोग लाग्ने हुनाले खरीद गर्दा स्वच्छ मासु खरीद गर्नु पर्ने कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य शिद्धराज भट्टले बताउनु भयो ।

सम्भव भए सम्म मासु पसल शिशाले बन्द गरेर राख्नु पर्ने, नभए मासु राखेको टेबुल शिशा तथा स्टीलको जालीले छोपेर राख्नु पनर्,े मासु काट्दा राख्दा स्टिलको भाडाँमा राख्नु पर्ने जानकारीका साथै न्युनतम मापदण्ड पुरा नगर्ने व्यबसायीलाई कुनै पनि सुविधा उपलब्ध नगर्ने र त्यस्ता व्यवसायीलाई कानुनी कारवाही हुने जिल्ला पशु सेवा का सुचना अधिकारी शंकर दत्त जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई