Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

जेठ २५, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा घास काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

नौगाढ गाउँपालिका वडा नम्बर ४ कपडेका अन्दाजी वर्ष ३२ का माना ठगुन्नाको भीरबाट लडेर ज्यान गएको हो । बुधबार घाँस काट्न गएका ठगुन्ना घर फर्किनेक्रममा भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यार्सा संकलनका लागि पुरुषहरु लेकतिर गएकाले दाहासंस्कार गर्न समेत निकै समस्या भएको छ । मृतक ठगुन्नाको परिवारमा श्रीमान, २ छोरा र २ छोरी रहेका छन् ।