Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुवाकोटमा अवैध बालुवा उत्खनन बन्द गराउंदै जनप्रतिनिधि

By kit 3 मिनेट पढाइ

जेठ २६, नुवाकोट । जनप्रतिनिधिले कानुन विपरीत सञ्चालित बालुवा उत्खनन बन्द गराएका छन् ।

विदुर नगरपालिकाभित्र लामो सयमदेखि सञ्चालनमा रहेका अवैध बालुवाको उत्खननलाई वैधानिक रुपमा सञ्चालन गराउन अभियान सुरु भएको हो ।

नगर प्रमुख सञ्जु पण्डितले अवैध रुपमा सञ्चालित खानी बन्दपछि पुनर्निर्माणमा आवश्यक निर्माण सामग्रीको अभाव सिर्जना हुन नदिन नयाँ व्यवस्था गर्ने योजना बनाइएको बताउनुभयो ।

नगरपालिकाभित्र पर्ने त्रिशूली नदी र तादी, सामरी लगातय खोलामा उत्खनन गर्दै आएकालाई नियन्त्रण गरी वैधानिक बाटोमा ल्याउन सुरु गरिएको वडा नंं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले जानकारी दिनुभयो ।

खानी उत्खननका लागि पकेट क्षेत्र मानिएको खम्बाक्याम्प, मान्द्रेढुङ्गा बुनीबेसी लगायतको स्थानमा अवैध रुपमा सञ्चालित छवटा खानी बन्द गरी संलग्न स्काभेक्टर र टिप्परलाई कारबाही गर्न प्रहरीलाई बुझाएको ६ नंं वडाध्यक्ष राजु सडौलाले बताउनुभयो । रासस