Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा पहिलो पटक युवा प्रतिभा पहिचान हुने

२०७४, २६ जेष्ठ शुक्रबार १२:३७

जेठ २६, डडेल्धुरा । डडेल्धुराका युवाहरुमा रहेका प्रतिभा पहिचान गर्न जिल्लामा पहिलो पटक युवा प्रतिभा पहिचान प्रतियोगिता हुने भएको छ । युवाहरु भित्र लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्न युवा प्रतिभा पहिचान अर्थात युथ ट्यालेन्ट हन्ट हुने भएको हो ।

उक्त प्रतियोगिता नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद अन्र्तगतको जिल्ला युवा समिति कार्यालय डडेल्धुराको आयोजनामा हुन गईरहेको छ ।

कार्यालयको आर्थिक वर्ष २०७३/७४ को वार्षिक कार्यक्रम युवा प्रतिभा पहिचान अन्तरगत राष्ट्रका प्रतिभान युवाहरुको हक हित संरक्षण, संम्र्वद्धन तथा विकासको क्षेत्रमा सक्रिय युवारुलाई अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागेको जिल्ला युवा समिति कार्यालय डडेल्धुराका कार्यालय प्रमुख बसन्त कुमार खत्रीले जानकारी दिएका छन् ।

युवाहरुमा रहेका प्रतिभाहरु एवंम सिर्जनशिलताको कदर गर्दे उनीहरुमा सकारात्मक र रचनात्मक क्षमताकोे विकास गर्ने समेत कार्यक्रमको उद्देश्य रहेको जिल्ला युवा समिति कार्यालय डडेल्धुराका प्रमुख खत्रीले बताए ।

प्रतियोगितामा जिल्लामा रहेका १६ देखि ४० वर्ष उमेर समुहका युवाहरुले विभिन्न विधामा रहेर आफ्नो प्रतिभा देखाउन सक्ने आयोजकले जनाएको छ । आफु भित्रै प्रतिभा लुकाएर बसेका र अवसर नपाएका प्रतिभान युवाहरुका लागी यो सुनौलौ अवसर हुने समेत आयोजकको दावी छ ।

लेखन, संगीत, कला, अध्ययन, र बैज्ञानिक आविस्कार गरी पाँच वटा विधाहरु समावेश हुनेछन् । जस अन्तरगत लेखन विधामा युवाको क्षेत्रमा उपयोगी कविता, निवन्ध वा परियोजना प्रस्ताबना लेखन, संगितमा युवाको क्षेत्रमा उपयोगी संगित, गायन वा नृत्य यस्तै कला विधामा चित्रकला, मुर्तिकला वा अभिनय जस्ता क्षेत्रहरु रहेका छन् । 

यस्तै अध्ययन विधामा अनुसन्धान एव्म नविनतम् तथा सिर्जनशिल कार्य, वैज्ञानिक आविस्कार अन्तरगत यन्त्र तथा उपकरण निर्माण, युवा उपयोगी मोवायल एप्स, कम्प्युटर सफ्टवेयर निर्माण वा आधुनिक अन्वेशण आदी रहेका छन् । 

प्रतियोगितामा युवाहरुले उल्लेखित विधाहरुमा जुन क्षेत्रको प्रतिभा आफु भित्र रहेको छ सोही अनुसार प्रतिभा देखाउन सक्ने जिल्ला युवा समिति कार्यालय डडेल्धुराका अध्यक्ष भरत मल्लले बताए । सहभागीता जनाउन चाहने जिल्ला स्थित सम्पुर्ण ईच्छुक युवाहरुले यहि जेठ ३० गते भित्र कार्यालयमा निवेदन पेश गर्नहुन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश