Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुवाकोटमा हराएको तीन दिनपछि एक पुरुष मृत भेटिए

By kit 2 मिनेट पढाइ

<p><b>जेठ २७, नुवाकोट ।</b> विदुर नगरपालिका वडा नं २ का शम्भे मिजार आज मृत अवस्थामा भेटिएका छन् ।&nbsp;<br></p><p>बिहीबार अपराह्नदेखि हराइरहेका ४४ वर्षीय मिजार घर नजिकै पर्ने शेरा जङ्गलस्थित खोल्सामा मृतावस्थामा फेला परेको नुवाकोट प्रहरीले जनाएको छ ।&nbsp;</p><p>घरबाट दुई किलोमिटर टाढाको दूरीमा पर्ने खोल्सामा स्थानीयवासी घाँस दाउरा गर्न जाँदा देखेपछि परिवार र प्रहरीलाई जानकारी गराएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल, त्रिशूली लगिएको छ । रासस&nbsp;</p>