पढ्न करिब 1 मिनेट लाग्छ

सास । जेठ २७, बर्दिया ।

“समाजको लागि यूवाको एक दिन” भन्ने मूला नाराका साथ राष्ट्रिय सरसफाई सप्ताह अभियान चलिरहँदा जिल्लाको बढैयाताल गाउँपालिकाको मैनापोखरमा सरसफाई कार्यक्रम गरिएको छ ।

जिल्ला यूवा समिति बर्दियाले बुधबार बर्दियाको मैनापोखरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । समितिले आयोजना गरेको सरसफाई अभियानमा बबई बहुमुखी क्याम्सका अध्यक्ष बालकृष्ण लामिछाने, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक देबेन्द्र कुमार मल्ल , बढैयाताल स्थित नेपाली सेनाको चेक पोष्टमा कार्यरत सैनिकहरु, बजार ब्यबस्थापन समिति, शिक्षक तथा बिद्यार्थीहरु, समाज सेवी लगाएत ५० भन्दा बढिको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

सरसफाई कार्यक्रम मैनापोखर बजार क्षेत्र तथा शारदा बहुमुखी क्याम्पस क्षेत्रभित्र गरीएको जिल्ला यूवा समिति बर्दियाका प्रमुख निलकण्ठ रेग्मीले बताउनुभयो ।