२४ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा घर हिँडेकी महिलामाथी लुटपाट

१४ कार्तिक २०७२, शनिबार ०४:२६

सम्राट सिंह/कात्तिक १४, बझाङ । सदरमुकाम चैनपुरमा ३ दिनदेखि संञ्चालन भएको सुर्मादेवि मेला हेरेर घर फर्कने क्रममा महिला माथी लुटपाट भएको छ ।

जयपृथ्वी नगरपालिका ४ घर भएकी सरिता उपाध्यायलाई युवाहरुको समुहले बाहुलीगाड खोलाको पुल नजिकै शुक्रबार राती लुटपाट गरेको हो । बाटोमा एक्लै हिँडदै गरेकी सरितालाई पछाडीबाट ढुङगाले टाउकोमा हानेर बेहोस बनाएर उनी सँग भएको नगद रु ९० हजार साथै घाँटी र कानमा लगाएको गहना समेत लुटपाट गरेको उनका श्रीमान पूर्णराज उपाध्यायले बताए ।

सरिता लुटिएको खबर परिवारले जानकारी पाएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । बेहोस भएकी सरिताको टाउको र हात खुट्टामा गहिरो चोट रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।

मेला हेर्न सदरमुकाम चैनपुर आएकी सरिताले शुक्रबार बैंकबाट पैसा निकालेकी हुँदा गाउँका स्थानिय युवाहरुले नै लुटपाट गरेको हुनसक्ने उनका परिवार स्रोतले जनाएको छ । घटनाबारे आफुलाई जानकारी भएको बताउदै प्रहरी निरिक्षक कमल बिष्टले घटनामा संलग्नको खोजी कार्य जारी रहेको बताए ।

दशै यता जिल्लामा चोरी, लुटपाटका घटनामा बृद्घि भएतापनि प्रहरीले अपराधिलाई नियन्त्रणमा लिन नसक्दा जिल्लामा अपराधिक क्रियाकलाप बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा काठमाडौँको टुसालमा बसको ठक्करबाट बृद्धाको मृत्यु लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन: चितवन जिल्ला अदालत डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन् भारतमा वायुसेनाको विमान दुर्घटना कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव फेला चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो रविबारे प्रचण्डले भने- हिजो प्रधानमन्त्री अफर गरेकाहरू न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा छन् कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ? गृहमन्त्रीले अन्तर्जातीय विवाह तोड्न निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको सांसद नेपालीको आरोप अध्यक्ष प्रचण्डले सदनमा प्रधानमन्त्री ओलीलाई खोजेपछि… वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ प्रतिनिधिसभाको बैठक सुरु : अध्यादेश प्रस्तुत नगरिने ओली–देउवासँग उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री ट्रम्पको धम्कीपछि मेक्सिकोले अमेरिकी सीमामा खटायो १० हजार सेना तरबारले केक काटेको भिडिओ सामाजिक सञ्जालमामा राख्ने ७ जना पक्राउ