उमा केसी/जेठ ३०, रोल्पा । जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ । 

तालिमप्राप्त चिकित्सक नहँुदा सो सेवा ठप्प भएको हो जसका कारण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उमा केसी/जेठ ३०, रोल्पा । जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ । 

तालिमप्राप्त चिकित्सक नहँुदा सो सेवा ठप्प भएको हो जसका कारण"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा डाक्टर नहुँदा जटिल प्रसूति सेवा ठप्प

२०७४, ३० जेष्ठ मंगलवार ०३:३८

उमा केसी/जेठ ३०, रोल्पा । जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ । 

तालिमप्राप्त चिकित्सक नहँुदा सो सेवा ठप्प भएको हो जसका कारण प्रसुति सेवा लिन आएका सेवाग्राही महँगो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् । 

जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भएपनि तालिमप्राप्त एकजना मात्र चिकित्सक भएका कारण उहाँको अनुपस्थितिमा सेवा प्रभावित हुँदै आएको बताइएको छ । जटिल प्रसूति सेवाका लागि भवनलगायत सम्पूर्ण पूर्वाधार रहेपनि चिकित्सकको अभावमा सेवा प्रभावित हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा सो सेवा दिनका लागि तालिम लिएका चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सेवा प्रभावित भएको हो । 

प्रसूतिको दिन नजिकिएसँगै सेवा लिन जिल्ला अस्पताल आइपुगेकी दुईखोली गाउँपालिका कुरेली रोल्पाकी मञ्जु थापाले तालिम प्राप्त चिकित्सक नभएको खबरले आफूलाई चिन्तित बनाएको बताउनुभयो । 

जिल्ला अस्पतालबाटै सेवा पाइन्छ भनेर घरबाट आइयो, यहाँ भने डाक्टर नहुँदा पैसा ऋण गरेर बाहिर जानुपर्ने भएको छ थापाले गुनासो गर्नुभयो । 

रोल्पा नगरपालिका–२ की उमा चन्दले गर्भवती चेकजाँचका लागि जिल्ला अस्पताल गएपनि तालिम प्राप्त चिकित्सकको निरन्तरता नहुँदा सेवा लिन कहाँ जाने हो भन्ने कुराले चिन्तित बनाएको बताउनुभयो । जिल्लामै शल्यक्रिया सेवा भएकोमा खुसी लागेको भए पनि यसको निरन्तरता नहँुदा दुःख लागेको उहाँले बताउनुभयो । 

आर्थिक अवस्था कमजोर रहेका तथा घरमा सहयोग गर्ने अन्य मान्छे पनि नभएका परिवारलाई निकै कठिन हुने गरेको उहाँको भनाइ छ । 

अस्पतालमा तालिम प्राप्त चिकित्सक नहुँदा सेवा लिन आएका नौजना सेवाग्राहीलाई यसै महिना जिल्ला बाहिर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले जानकारी दिएको छ । 

तालिमप्राप्त चिकित्सकको अनुपस्थितिसँगै अर्को चिकित्सक भर्ना गर्नका लागी दर्खास्त आह्वान गरिएको भएपनि कसैले दर्खास्त नदिँदा पदपूर्ति गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख तेजेन्द्र साउदले जानकारी दिनुभयो । 

नयाँ चिकित्सक भर्नाका लागि स्थानीय निकायसँग समन्वय भइरहेको साउदले बताउनुभयो । बजेटको सुनिश्चितता हुने बित्तिकै नयाँ चिकित्सक भर्ना गरिने साउदले जानकारी दिनुभयो । रोल्पामा विशेषज्ञ चिकित्सक आउन नमान्ने र जुनियर चिकित्सक पनि राम्रो अवसर पाउने बित्तिकै अर्को ठाउँमा गइहाल्ने भएका कारण समस्या आउने गरेको उहाँले बताउनुभयो । 

निरन्तर सेवा दिनसके सेवाग्राहीको सेवाप्रति विश्वसनियता बढ्ने भएकाले सेवाग्राहीको विश्वास जित्नका लागि पनि निरन्तर सेवा जरुरी रहेको साउदले बताउनुभयो । यसका लागि जिल्लामा राजनीतिक दल, नागरिक समाज र बौद्धिक तप्काले समेत बारम्बार सहयोग गरिरहनुपर्ने उहाँले बताउनुभयो । 

जिल्ला अस्पतालबाट जटिल प्रसूति सेवा सञ्चालन भएसँगै सेवा लिनेको सङ्ख्या ६५ पुगेको जिल्ला अस्पताल रोल्पाका स्टाफ नर्स शर्मिला आचार्यले जानकारी दिनुभयो । अघिल्ला दुई वर्षमा ३१ जनाले मात्र सेवा लिएकोमा चालु आवको वैशाखसम्म ३४ जनाले सेवा लिएको देखिएकाले यसको विश्वसनीयता बढिरहेको आचार्यले बताउनुभयो । 

पछिल्ला दिनमा सेवा लिनेको आकर्षण बढिरहेको भएपनि तालिम प्राप्त चिकित्सकको अभावले सेवाग्राहीमा सेवाप्रतिको निरन्तरतामा सकारात्मक सन्देश नगएको आचार्यले प्रतिक्रिया दिनुभयो । 

राम्रो सुविधा पाएपछि अन्यत्रै गइहाल्ने प्रवृत्तिका कारण जिल्लामा तालिम प्राप्त चिकित्सकको उपलब्धता हुन नसकेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टीका थापाले बताउनुभयो । चिकित्सकको व्यवस्थापनका लागि कार्यालय प्रमुख स्वास्थ्य मन्त्रालयमा गएकाले निकट भविष्यमा समस्या हल हुने उहाँले आशा व्यक्त गर्नुभयो । 

तालिमप्राप्त चिकित्सकको दिगोपनाका लागि जिल्लामा सर्वदलीय बैठकबाट हल खोजिने थापाले जानकारी दिनुभयो । 

जिल्ला अस्पताल, रोल्पाले २०७१ साल फागुनदेखि जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरेको थियो । हाल शल्यक्रिया गरिने कोठामा ताला लागेको छ भने सेवा लिन आउने बिरामी महँगो शुल्क तिरेर एम्बुलेन्स तथा निजी सवारीसाधन प्रयोग गरी दाङ, प्युठान, बुटवल, नेपालगन्ज जान बाध्य भएका छन् । 

जिल्लामा प्रभावशाली नेता रहेपनि जिल्ला अस्पतालमा यस्तो समस्या हुनु राम्रो नभएको स्थानीयले गुनासो गरेका छन् । यतिबेला राज्यको प्रभावकारी निकायमा रोल्पालीको बाक्लो उपस्थिति रहेपनि अस्पतालको यस्तो अवस्थामा ध्यान नदिनु दुःखद् भएको भन्दै नागरिकले आक्रोश पोखेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ