2026-06-19 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पौष्टिक आहारका बोरा होटलमा बेवारिसे अवस्थामा फेला

सम्राट सिंह । कात्तिक १७, बझाङ । विश्वखाद्यले शिक्षाका लागि खाद्य कार्यक्रम अन्र्तगत बितरणका गरेका पौष्टिक आहारका बोरा सदरमुकाम चैनपुरको एक होटलमा बेवाारिसे अवस्थामा फेला परेका छन । बझाङ जिल्लाको सदरमुकाम चैनपुरको धनलक्ष्मी होटलको भुँईतलाको दाउरा स्टोर गर्ने ठाउँमा मुसाले काटेको अवस्थामा मंगलबार २ वटा बोरा पौष्टिक आहार फेला परेका हुन ।

पटक पटक विद्यार्थीहरुलाई खुवाउने पौष्टिक आहार शिक्षकहरुले विद्यालयमा नलिने र बिच बाटोमा बिक्री बितरण गर्ने जनगुनासो आउने गरेको थियो । कैलास गाविसका एक शिक्षकले पौष्टिक आहारका बोरा होटलमा छोडेर गएका थिए होटलकी संचालिकाले भनिन् पौष्टिक आहारका बोरा राखेको धेरै दिन भइसक्यो हालसम्म पनि लिएको छैन । जिल्लाबासीले विश्वखाद्यको शिक्षाका लागि खाद्य कार्यक्रम प्रभावकारी नभएको पटक पटक जनगुनासो आउँदा समेत सरोकारवालाहरुलाहरुले चासो नदिदा कार्यक्रम संकटमा परेको छ ।

विश्वखाद्यले विद्यार्थी बालबालिकाको स्वास्थ्यमा सुधार तथा शिक्षामा पहुँच स्थापना गर्न बिगत एक दशकदेखि पौष्टिक आहार बितरण गर्दै आएको भएपनि सम्बन्धित बिद्यालयमा नै नपुगी बिच बाटोमा बिक्री बितरण हुने गरेको मेल बिसौना गाविसका धिरज धामीले बताए । बिद्यार्थी बालबच्चाका लागि आएको पौष्टिक आहार शिक्षकहरु केही सदरमुकाम चैनपुरमा नै छोड्ने गरेको र केही गाउँमा ल्याएर गाई भैसीलाई खुवाउनका लागि बिक्री गर्ने गरेको उनको भनाइ छ ।

शिक्षाका लागी खाद्य परियोजना हेर्ने रिशिराम बिन्दीले पौष्टिक आहार सम्बन्धित विद्यालयमा नपुगेर बाटोमा दुरुपयोग हुने गरेको स्विकार्दै २ महिना यता भने आफुले कडा निगरानी राखेको बताए । उनले भने बेवारिसे अवस्थामा होटलमा फालेका पौष्टिक आहारका बोरा कुन विद्यालयको हो छानविन गर्नेछु । विश्वखाद्यको शिक्षाका लागि खाद्य कार्यक्रम पौष्टिक आहार जिल्लाका २३७ वटा सामुदायिक विद्यालय र ८ वटा बाल विकास केन्द्रमा बितरण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग