2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

डिपोमा चामल छैन संस्थानको गोदाममा कुहिने अवस्थामा

सम्राट सिंह, कात्तिक १९ बझाङ / जिल्लाको मेलबिसौना गाविसमा रहेको खाद्य डिपोमा चामल छैन तर खाद्य संस्थान बझाङमा गत बर्ष भित्रिएको चामल बिक्री नहुँदा गोदाममा नै कुहिने अवस्थामा पुगेको छ । स्थानिय बजारको दररेट भन्दा खाद्य संस्थानमा रहेको चामल महङ्गो र संस्थानको कार्यालय अपायक पर्ने ठाउँमा भएकाले चामल कुहिने अवस्थामा पुगेको हो ।

जिल्लामा मोटो चामल स्थानिय बजारमा प्रतिकिलो ३३ रुपिँया र खाद्य संस्थानले ३६ रुपिँया मा बिक्री गर्ने गरेको छ । जिल्लाको मेलबिसौना गाविसमा रहेको एकमात्र खाद्य डिपोमा चामल अभाव भएको तर जिल्ला खाद्य संस्थानको गोदाममा ५ सय ३ क्विन्टल चामल बिक्री नभएर कुहिने अवस्थामा छ ।

सरकारले स्थानिय बजार भन्दा सस्तो र गुणस्तर चामल बिक्री गरी जनता लाई राहत दिनुको साँटो प्रतिकिलो ३ रुपिँया महङ्गो लगाएर जनतालाई मारमा पारेको मेलबिसौना गाविस घर भएका सुरेन्द्र सिंहले बताए । खाद्य संस्थानको गोदाममा थन्किएको चामल तत्काल मेलबिसौना डिपोमा सार्नुपर्ने उनको भनाइ छ ।

गाउँमा चामलको माग छ तर संस्थानले चामल पु¥याउन सकेको छैन । खाद्य संस्थानको प्रधान कार्यालयले जिल्लाका विकट गाविसहरुमा थप खाद्य डिपो बिस्तार गरी जनतालाई सेवा दिनुपर्ने देखिन्छ । भौगोलिक विकटता भएको बझाङ जिल्लाका केही विकट गाविसका बासिन्दाहरुले भने मोटो चामल प्रतिकिलो ८० रुपिँया देखि १५० रुपिँया सम्म किनेर खानुपर्ने बाध्यता रहेको छ ।

महङ्गो मुल्यका कारण संस्थानको चामल बिक्री नभएको जिल्ला खाद्य संस्थान बझाङका प्रमुख ईश्वरी दत्त पाण्डेले बताए । उनले भने पौष महिना भित्र चामल डिपोमा सार्न खाद्य संस्थानको प्रधान कार्यालय र क्षेत्रिय कार्यालयमा पत्राचार गरेको छु आदेश आउने बितिकै चामल डिपोमा सारी बिक्री गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई