प्रभात सुवेदी । जेठ ३१, बर्दिया । 

२१ पटक रगत दान गरिसक्नुभएका गुलरियाका रुद्रनाथ पाण्"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ ३१, बर्दिया । 

२१ पटक रगत दान गरिसक्नुभएका गुलरियाका रुद्रनाथ पाण्"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

रक्तदानका लागि उत्प्रेरण जगाऔँ

२०७४, ३१ जेष्ठ बुधबार १३:१५

प्रभात सुवेदी । जेठ ३१, बर्दिया । 

२१ पटक रगत दान गरिसक्नुभएका गुलरियाका रुद्रनाथ पाण्डेले रक्तदानका लागि घर परिवारका सदस्यहरुलाई पनि उत्पे्ररण जगाउनु पर्ने बताउनुभएको छ । 

‘रगत दान गरौँ, अहिल्यै गरौँ, नियमिति गरौँ’ भन्ने नाराका साथ जुन १४ अर्थात आज जेठ ३१ गते १४औँ रक्तदाता दिवसका सन्दर्भमा बर्दिया जिल्ला अस्पताल परिसरमा रहेको लारी रक्त सञ्चार गुलरियामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका व्यक्तित्व पाण्डेले उपरोक्त विचार राख्नुभएको हो । 

नेपाल रेडक्रस सोसाईटी रक्तदाता उत्प्रेरणा समूहको आयोजना  जिल्ला समन्वय समिति बर्दिया र गुलरिया नगरपालिकाको सहयोगमा आयोजित समारोहमा आफ्ना विचारहरु राख्नुहुँदै नेपाल रेडक्रस सोसाईटी बर्दिया जिल्ला शाखाका निवर्तमान जिल्ला सभापति महेशचन्द्र गौतमले मानव शरीरमा रहेको रगतको बहाव तथा एक व्यक्तिको रगत अर्को व्यक्तिको शरीरमा दिन सकिने प्रविधिको विकासका सन्दर्भमा प्रष्ट्याउनुहुँदै पहिला र अहिले प्रविधिका कारणले एक पिन्ट रगतले ४ जनासम्मको ज्यान बचाउन सकिने कुरा बताउनुभयो । आरविसी, डब्लुविसी तथा प्लेटेलेट्समध्ये कुन चाहिँ रक्तकोषको आवश्यकता हो त्यही नै शरीरबाट निकालेर अर्को व्यक्तिलाई दिन सकिने प्रविधि समेत आएको बताउनुभयो । 

यसैबीच १४औं अन्तर्राष्ट्रिय रक्तदाता दिवसको सन्दर्भमा जिल्लामा सबैभन्दा बढीपटक रक्तदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । २६औं पटक रगतदान गर्नुहुने विष्णु प्रसाद भट्टराई, २१औं पटक रक्तदान गर्नुहुने रुद्रनाथ न्यौपाने र दूर्लभ रक्त समूहका १० पटक रक्तदान गर्नुहुने झक बहादुर चौधरीलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

कार्यक्रममा बोल्नुहुँदै ने.रे.सो. बर्दिया जिल्ला शाखाका कार्यवहाक सभापति किरण श्रेष्ठ जोशीले रगतको महत्वका बारेमा आफैंले भोगेपछि अझ बढी थाह पाएको कुरा बताउनुभयो ।


 रक्तदाता उत्पे्ररण समूहका संयोजक यज्ञ नगरकोटीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका सदस्य दीपक वि.सी. ले स्वागत स्वागत गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित