2026-07-25 10:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईई नतिजाको विस्तृत विवरण, पूरक परीक्षा साउन १९ गतेदेखि

रमेश गिरी/असार २, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । 

कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यसवर्ष नियमित तर्फ चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएको जानकारी दिनुभयो । 

त्यस्तै जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याएर ४२ हजार ४२७ जना, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याएर ५० हजार ६४६ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर ६१ हजार ९५५ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ९१ हजार ३१४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर एक लाख ८ हजार ४६४ जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ६४ हजार ५७७ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ११ हजार २८५ जना र शून्य दशमलव ८० सम्म १५ जना उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । 

परीक्षामा उमेर नपुगेका दुईजना, सैद्धान्तिक विषयको परीक्षामा सहभागी नभएका एक हजार ३२० जना र प्रयोगात्मक परीक्षा नदिएका एक हजार ३८ जनाको नतिजा रोकिएको छ । त्यस्तै २१६ जनाको उत्तरपुस्तिका रद्द भएको र सात हजार ६०४ जनाले परीक्षा छाडेको जनाएको छ । 

त्यसैगरी एक्जाम्टेडतर्फ जम्मा १६ हजार ५७२ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर कोही पनि उत्तीर्ण भएका छैनन् । यसतर्फ जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म दुईजना उत्तीर्ण भएका छन्, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म २१ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर २२२ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर एक हजार ९६४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर सात हजार ४७० जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याएर पाँच हजार ७५८ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ६०५ जना र शून्य दशमलव ८० सम्म एकजना उत्तीर्ण भएका छन् । 

सैद्धान्तिक विषयको परीक्षा नदिएका ४७१ जना, प्रयोगात्मक नदिएका २६ जना, उत्तरपुस्तिका रद्द ३१ जना र परीक्षा नदिएका दुई हजार ४०२ जना रहेको पनि पत्रकार सम्मेलनमा कार्यालयले जनाएको छ । 

परीक्षामा ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको गे्रड वृद्धि परीक्षा यही वर्ष दिन पाउने व्यवस्था गरिएको छ । दुई विषयसम्म परीक्षामा सहभागी नभएका परीक्षार्थीले पनि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । मूल विषयमा दुई विषय भन्दा बढी अनुपस्थित रहेको र दुई विषयभन्दा बढी विषयमा ग्रेड नखुलेको परीक्षार्थी आगामी वर्षको परीक्षामा एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । 

गतवर्ष दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भने नहुने उहाँले बताउनुभयो । 

गत वर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउँथ्यो । यसवर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डि’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउने छन् । 

आफूले प्राप्त गरेको कुनै पनि विषयको नतिजा चित्त नबुझेमा पुनःयोग गराउन सक्नेछन् । यसका लागि परीक्षार्थीले परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय वा सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत १५ दिनभित्र निवेदन दिनसक्ने व्यवस्था गरिएको छ । 

एसईई पूरक (ग्रेडवृद्धि) साउन १९ गतेदेखि 

त्यसैगरी एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन १९ गते बिहीबारदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । 

कर्यक्रम अनुसार १९ गते अनिवार्य अङ्ग्रेजी र वेदविद्याश्रमतर्फ: अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी, साउन २१ गते अनिवार्य गणित, २२ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत ब्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुनेछ । 

त्यसैगरी साउन २३ गते अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ: अनिवार्य संस्कृत भाषा, साउन २५ ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक