Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
बझाङ्ग - BJN

हात्तीको देखाउने र चपाउने दाँत अलग भए जस्तै जिल्लामा चल्ने सवारीका साधनहरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

डिवि विष्ट/ मंसिर ११, (बझाङ) चैनपुर । हात्तीको देखाउने र चपाउने दाँत अलग अलग भए जस्तै जिल्लामा चल्ने सवारीका साधनहरु बनेका छन् । जिल्लामा सन्चालनमा रहेका लामो सवारीका साधनहरुले काउन्टर बाट टिकट काट्न छोडर र बसमा नै काट्ने गरेको स्रोतले जनाएको छ । भारतले लगाएको अघोषित नाका बन्दी पछि ईन्धनको अभाव भएको कारण देखाउदै यात्रुहरु बाट महंगो भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो आउने गरेको छ । धनगढी बाट नै यस्तो काम हुन थालेको यात्रुले जानकारी दिनु भयो ।

स्रोतले जनाए अनुसार धनगढी बाट बझाङको ओड्पे भन्दा माथी जुन सुकै स्थानको पनी प्रति यात्रु भाडा दर १ हजार लीने गरेको तर टीकटमा ६ सय ७५ लेख्ने गरेको पाईएको छ । केही दीन अगाडी मात्र अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेत र ब्यावसायिहरु विच भएको निर्णय अनुसार जिल्ला देखी धनगढीको भाडादर ८ सय ७५ र महेन्द्रनगरको ९ सय ७५ तोकेको थियो ।

यसरी बस ब्यावसायिहरुको सम्झौता अनुसार नै निर्णय गरेको भए पनि ब्यावहारमा लागु नभएको उल्टै सम्बन्धित नीकाएलाई उजुर गर्ने यात्रुहरुलाई नै थर्काने गरेको समेत स्रोतले जनाएको छ । त्यस्तो काम बझाङ जिल्ला बाट न भएको प्रत्यक बसहरु चेक हुने गरेको तर धनगढीको बारेमा आफुलाई खास्सै थाहा नभएको त्यस्तो भए धनगढीको प्रसासनले त्यसको विकल्प खोज्नु पर्ने अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेतका प्रहरी जवान तर्क खत्रीले बताउनु भयो ।