2026-06-25 09:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

४ बर्षदेखि छात्रवृती नपाएको गुनासो

सम्राट सिंह/मङ्सिर १७, बझाङ । जिल्लाको विकट गाविस काँडा ७ को धुली निमावि धुलीमा अध्ययनरत विद्यार्थीहरुले विगत ४ बर्षदेखि छात्रवृती नपाएको गुनासो गरेका छन ।

विद्यार्थीहरुले जिल्ला शिक्षा कार्यालय बझाङबाट बार्षिक निकासा भइरहेको अपाङ्ग,दलित,जनजाती र छात्राहरुले पाउने छात्रवृती नपाएको गुनासो गरेका हुन ।

प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले निकासा भएको रकम नियम अनुसार वितरण गर्नुको साँटो रकम हिनामिना गरेको अभिभावक खाँडु लामाले बताईन् । उनले भनिन् ४ बर्षदेखि छात्रवृती नपाएको बारेमा जिल्ला शिक्षा कार्यालयलाई पटक पटक जानकारी दिदा समेत बेवास्ता गरेको छ ।

सदरमुकामबाट झण्डै ४ दिनको पैदल दुरीमा रहेको उक्त विद्यालयमा २ सय ५० विद्यार्थीहरु अध्ययनरत छन । लामो समयदेखि विद्यालयको लेखा परिक्षण नगरेको र अभिभावक भेला नगरेको र नियमित शिक्षकले अध्यापन नगराई विद्यार्थीको भविश्यमाथी खेलवाड गर्दा समेत जिल्ला शिक्षा कार्यालयबाट अनुगमन भएको छैन ।

छात्रवृती नपाउने धुली निमावि एक नमुना विद्यालय मात्र हो यस्ता अन्य विकट गाविसमा रहेका धेरै विद्यालयका विद्यार्थीहरु सरकारले दिने गरेको सुविधा बाट बञ्चित छन ।

हामीले नियमित पाउने छात्रवृतीको रकम विगत ४ बर्षदेखि नपाएको धुली निमावि धुलीमा अध्ययनरत छात्रा डोल्मा लामाले बताइन् । जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको छात्रवृती रकम कहाँ गयो खोजी हुनुपर्ने उनको भनाइ छ ।

यता जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिंहलाई छात्रवृती नपाएको बारे बुझ्न खोज्दा सिंहले आफुलाई जानकारी नभएको भन्दै आफ्नो दायित्वबाट पन्छिन खोजे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक