Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
बझाङ्ग - BJN

जिल्लामा चिसो बढ्यो, न्यानो कपडा आवस्यक मात्रामा नपाउदा स्थानीय चिन्तीत

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

डिवि विष्ट, मंंसिर २४, बझाङ / बझाङ जिल्लामा अत्याधिक चिसो बढेको छ । विगतका बर्षहरुमा भन्दा यो बर्ष चिसो अत्याधिक बढेको स्थानीयहरुको भनाई रहेको छ । विगतका बर्षहरुमा यो महीनामा चिसो कम मात्रामा हुने गरेको भए पनी यस बर्ष भने पौष महीनामा हुने चिसो मंसिर महीनामा नै हुन थालेको स्थानीयहरुले बताउने गरेका छन् ।

चिसो बढे संगै जिल्लामा रहेका विषेसत वृद्ध वृद्धा बालबालीका प्रभावित बनेका छन् । चिसो मौसम लागे संगै स्वास्थ्य संस्थाहरुमा रुघा खोकीका विरामीहरुको संख्यामा वृद्धी भएको स्वास्थ्य संस्थाका प्रमुखहरुको भनाई रहेको छ । यसरी चीसो बढे पनी जिल्लामा रहेका स्थानीय बजारहरुमा न्यानो कपडा नपाईने गरेको जिल्लाका सर्व साधारण ब्याक्तीहरुको भनाई रहेको छ । बजारमा पाईएको कपडाको पनी ब्यापारीहरुले कपाडाको मुल्य भन्दा दोब्बर तेब्बर मुल्लयमा विक्री गर्ने गरेको स्थानीय सुरेन्द्र विष्टले बताउनु भयो ।

स्थानीय ब्यापारीहरुको् भनाई अनुसार भारतले गरेको अघोषित नाकाबन्दीका कारण जिल्लामा चिसो मौसममा ल्याउनु पर्ने कपडा नपाएको, ब्यापारीहरुले पुरानो स्ट्रक कपडा विक्री गरी राखेको नयाँ कपडा बजारमा नआएको बजारमा आएको कपडा पनी महंगो मुल्यमा ल्याउनु परेको कारणले कपडाको मुल्य महंगो भएको ब्यापारी रामराज बोहोराले बताउनु भयो । यसरी न्यानो कपडा नपाउदा स्थानीयहरु चिन्तीत बनेका छन् ।