2026-06-28 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खुल्ला दिशामुक्तको बाधक बने विद्यालय, नगरपालीका र स्थानीय बजारहरु

डिवि विष्ट, मंसिर २८, बझाङ/ केही दीनमा नै बझाङ जिल्ला खुल्ला दीशा मुक्त क्षेत्र घोषणाको तयारी भएको भए पनी जिल्लामा रहेका अधिकांश विद्यालयहरु,जिल्लामा रहेको एक मात्र जयपृथ्वी नगरपालीका र स्थानीय बजारहरु खुल्ला दीशा मुक्त क्षेत्रको बाधक बनेका छन् । शनीबार र आईतबार क्षेत्रीय कार्यलय दिपायल बाट आएको टोलीले अनुगमन गरी डि. वा. सि. सि.को बैठेकमा यस्तो बताएको हो ।

जिल्लामा रहेका ग्रामीण बस्तीहरुमा सबैले चर्पी निर्माण गरी प्रयोगमा ल्याईएको पाईए पनी जिल्लामा रहेका स्थानीय बजारहरु धमेना बजार, देउरा बजार तमैल बजार,लगायतका स्थानीय बजारहरुका स्थानीय ब्यापारीहरुले खुल्ला दीशा गर्ने गरेको पाईएको अनुगमनमा खटिनु भएका खानेपानी तथा सरसफाई महासंघका केन्दीय सचिब यज्ञराज जोशीले उक्त बैठेकमा सो कुराको जानकारी दीनु भयो ।

त्यस्तै जाशीले जानकारी दीए अनुसार जिल्लामा रहेका चौधरी स्कुल र बगडगाँउको स्कुल लगाएतका सरकारी विद्यालयहरु पनी खुल्ला दीशा मुक्त क्षेत्र घोषणाका बाधक बनेको बताउनु भएको छ । यता सदरमुकाम चैनपुरमा रहेको जिल्लाको एक मात्र जयपृथ्वी नगरपालीका पनी खुल्ला दिशा मुक्त क्षेत्र घोषणको बाधक बनृेको अनुगमन टोलीले जनाएको छ ।

नगरपालीका कार्यकारी अधिकृत शन्त बहादुर सुनारले भने नगरपालीकामा सबै स्थानीय ब्याक्तीहरुले चर्पी निर्माण गरी सकेको त्यस्तो समस्या नहुने र नगरपालीका को बाउली खोलाको कीनार र सेती नदीको कीनारका केही रुपामा दीशा देखीने गरेको त्यसलाई रोक्नको लागी विहान बेलुका र दिउँसो गस्तो टोली बनाईएको अबको २।३ दिनमा नै नगरपालीका बाधक नबन्ने दाबी गर्नु भएको छ ।

त्यस्तै जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिहँले भने जिल्लामा रहेका सम्पुर्ण सरकारी विद्यालयहरुमा चर्पी बनी सकेका कारणले चर्पी प्रयोग गर्न आफुले जिल्लामा रहेका सम्पुर्ण सरकारी तथा निजी विद्यालयहरुलाई फोहोर नगर्न र खुल्ला दीशा नगर्नका साथै प्रयोग विहीन चर्पीहरुलाई प्रयोगमा ल्याउन निर्देशन दीई सकेको दाबी गर्नु भयो छ ।

यता जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख ले भने पौष महीनाको १६ गते नै बझाग जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने र जिल्लाका स्थानीय बजारहरुका साथै विद्यालयहरुमा चर्पी बनी सकेका कारणले त्यसको ब्यावस्थापनको लागी सम्बन्धित निकायलाई जिम्मा र जानकारी दीई सकेको त्यस्तो अफ्ट्यारो नपर्ने खाली ब्यावस्थापन मात्र बाँकी रहेको र अबको ३ दीन भित्र ब्यावस्थापन गरी सक्ने दाबी गर्नु भएको छ ।

जिल्लामा रहेका राजनैतिक दलहरुले पनी बझाग जिल्लाका ग्रामीण बस्तीहरुमा चर्पी निर्माण भै सकेका कारणले जिल्लालाई पौष महीना भित्र नै खुल्ला दीशा मुक्त क्षेत्र घोषणा गर्नु पर्ने बताउदै आएका छन् । यसरी जिल्लाका सबै ग्रामीण बस्तीहरुका चर्पी बनी प्रयोमा आई रकेको कारणले जिल्ला अबको कही दीनमा नै खुल्ला दीशामुक्त क्षेत्र घोषण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी