Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
बझाङ्ग - BJN

जिपको ठक्कर बाट कुुकुर मर्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

डिवि विष्ट, पुष ३, बझाँङ / आज जिपको ठक्कर बाट कुकुर मरेको छ । आज सिमखेत बाट सदरमुकाम चैनपुर तर्फ आँउदै गरेको लु अ म ५०३ नम्बरको जिपको ठक्कर बाट दौलीचौर गाविस वर्डा नः२ हाल सदरमुकाम चैनपुर निबासि जनक बोहराको कुकुर मरेको हो ।

आज विहान करीब ८ः३० बजेको समयमा जिल्ला प्रसासन कार्यलय नजीकै जिपको ठक्कर बाट कुकुर मरेको बोहराले जानकारी दीनु भएको छ । जिप चालकले अर्को कुकुर ल्याई दिने भने पछि मीलेमतो भएको जनाईएको छ ।

जिप चालकले जानकारी दीए अनुसार जिप चलाँउदै गरेको अवस्थामा जिपको पछाडीको चक्कामा अचानक कुकुर ठोक्कीन पुगी उक्त घटना घटेको जनाईएको छ ।