नन्दराम जैशी | असार ६, जुम्ला । साविकको जुम्ला मालिकाबोता गाविस ४ का ९ वर्षीय रमेश बुढालाई बालगृहबाट उद्धार गरी परिवारसँग पुर्नमिलन गराइएको छ । बालकका काका शिक्षक जयबहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | असार ६, जुम्ला । साविकको जुम्ला मालिकाबोता गाविस ४ का ९ वर्षीय रमेश बुढालाई बालगृहबाट उद्धार गरी परिवारसँग पुर्नमिलन गराइएको छ । बालकका काका शिक्षक जयबहा"/>
2026-09-19 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बालगृहबाट उद्द्धार गरीएका रमेशको परिवारसँग पुर्नमिलन

नन्दराम जैशी | असार ६, जुम्ला । साविकको जुम्ला मालिकाबोता गाविस ४ का ९ वर्षीय रमेश बुढालाई बालगृहबाट उद्धार गरी परिवारसँग पुर्नमिलन गराइएको छ । बालकका काका शिक्षक जयबहादुर बुढालाई असार ६ गते परिवारमा पुर्नमिलनका लागि रमेशलाइ बुझाएको हो । २०७३ कार्तिक २५ गते केन्द्रीय बालकल्याण समितिको सहयोगमा जिल्ला बालकल्याण समिति भक्तपुरले चागुनारायण नपा १७ भक्तपुरमा अनाधिकृत रुपमा संचालित खुशीको खबर मिशन बालगृहबाट उद्धार गरी पारिवारिक पुनमिलनको निमित्त हिमाली नवीन समाज काठमाडौँको संरक्षणमा बस्दै आएका थिए ।       

जिल्ला बालकल्याण समिति जुम्लाको समन्वयमा परिवारको खोज तलास पछि रमेशका काका भेटिएपछि पारिवारिक पुर्नमिलन गरिएको निमित्त महिला विकास अधिकृत विन्दु कुँवरले बताउनुभयो । घरमा रमेशका बुवा आमा नभएकाले अव नजिकका हकदार भनेका उनका काका जयबहादुर बुढा हुन् । अबको शिक्षा दिक्षा पालन पोषणका लागि उनको जिम्मा लगाएको उहाँले बताउनुभयो ।

हिमाली नवीन समाज काठमाडौँका बरिष्ठ पुर्नमिलन अधिकृत सुरेन्द्र लामा तामाङले अहिलेसम्म हामीले ७ सय ४५ जना बालबालिकाको पारिवारिक पुर्नमिलन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, परिवारमा पुर्नमिलन पछि पनि ५ बर्षसम्म अनुगमन गर्ने गरेका छौ । बालबालिका उद्दार गर्ने क्रममा बालबालिकालाई कडा परिश्रम गर्न लगाउने र अखाद्य म्याद नाघेका बस्तुहरु खान दिने गरेको उहाँले बताउनुभयो । बालकका काका जयबहादुर बुढाले भने पठनपाठनका लागि बालगृहमा भर्ना गरेका हौँ, यस्तो हुन्छ भन्ने थाहा भएन ।

रमेश मेरो छोरा हो शिक्षादिक्षा पालनपोषणको दायित्व मेरै भएकोले परिवारमा सहजरुपमा पुर्नमिलनका लागि वातावरणको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्दार गिरिएका बालक बुढाले भने धेरै काम गर्न लगाउने बाख्रा कुखुरा चराउन लगाउने, पिट्ने, पेटभरी खान नदिने, दुख दिने गरेको बताए । २०६५ मंसिर २५ गते रमेशका बुवा मृत्यु भएको र आमाले दोस्रो विवाह गरीपछि उनका काका जयबहादुर बुढाको पहलमा बालगृहमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई