2026-10-15 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कामको खोजीमा भोगेका चार बालकको उद्धार

नन्दराम जैशी | असार ६, जुम्ला । भागेर कामको खोजीमा सुर्खेत जान लागेका जुम्ला चन्दनाथ नगरपालिका (११ का तीन र चन्दनाथ(८ का एकगरी चार बालकलाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई प्रहरीले कालिकोट खाडाचक्र नगरपालिका(३ ताडीको चेक पोष्टमा समातेको हो । 

बालकहरु १४ वर्षका दानबहादुर रोकाया, १५ वर्षका कमल रोकाया १५ वर्षकै कमल सेजुवाल र चन्दनाथ(८ का कमल रावल रहेको प्रहरी नायव निरीक्षक योगन्द्र कुमार खड्काले जानकारी दिनुभयो । ‘उनीहरुलाई प्रहरी मार्फत उनीहरुकै घर पुर्‍याइएको छ ।

जसमध्य भैरव मावि धुपि ढुस्कामा कक्षा ९ मा अध्ययनरत दानबहादुर सेजुवाल वैशाखमा सुर्खेत गएर जेठमा फर्किएका हुन् । सेजुवालले होटलमा मासिक ४ हजार खाएर काम गरे । जेठमा उनका साहु कमल बहादुर शाहीले होटल बेचेपछि उनी घर फर्किए ।

अहिले साथीहरुसँगै कामको खोजीमा भोगेर जान लाग्दा प्रहरीले समात्यो । उनीहरुले १२ हजारमा २ वटा साइकल बेचेर गाडी भाडा र खाना खर्चको जोहो गरेका हुन् । दानबहादुरका २ भाइ र आमाबुवा छन् । बुवा सिकर्मीको काम गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित