Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघन बढ्यो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत, असार ७–पर्वतमा ट्राफिक प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेका छन् । ट्राफिकले आफ्नो जिम्मेबारी अनुसार बजारमा नियमित रुपमा नखटिदा नियम उल्लंघन बढेको हो ।

अहिले सवारी साधन जथाभावी पार्किङ गरेर राख्ने, बजारमा अस्वभाविक रुपमा मोटरसाइकल हाक्ने, सवारीचालक अनुमतिपत्र बिना सवारी चलाउने बढेका छन् । ट्राफिकले बढि राजश्व उठाएर आफ्नो कमिसन सुरक्षित पार्नमै कस्सिने तर सवारी आवतजावतको अवस्थाका बिषयमा ध्यान नदिदा दुर्घटना समेत हुने गरेका छन् ।

बजारका मुख्य–मुख्य चोकमा अहिले सिसि क्यामेर जडान गरिएको भएपनि सवारी नियम उल्लंघन गर्नेलाई कडाई गर्ने अभियानको पर्वत ट्राफिकले प्रयास समेत गरेको छैन ।

भित्रि बजारको सडकमा सवारी हुइकाउने समस्या अति भएपछि प्रहरीमा बाक्लो गुनासोपछि केही दिन कुश्माबजारको लोकतन्त्रचोकमा ट्राफिक बसेपनि अहिले बजारमा ट्राफिक प्रहरी देखिन छाडेका छन् । जसले गर्दा सवारी जथाभावी राख्ने, पार्किङ गर्ने, सवारी हुइकाउने, सवारी चालक अनुमति पत्र नै नभएकाले सवारी चलाउने घटना बढ्दै गएको छ ।