अवैध बन्दुकसहित दोलखामा ५ जना पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

ताराबहादुर महत । असार ८, दोलखा । दोश्रो चरणको स्थानिय तह निर्वाचनको मुखमा बारुद भरेको दुई थान अवैध भरुवा बन्दुकसहित दोलखा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु मेलुङ्ग गाउँपालिका वडा नम्बर १ का ४० बर्षिय दिपक श्रेष्ठ, २१ बर्षका सुमन श्रेष्ठ, ३५ बर्षका रामकुमार श्रेष्ठ, १६ बर्षका कल्याण कार्की र सोहि ठाउँकै १६ बर्षका गणेश खड्का रहेका छन । प्रहरी चौकी मेलुङ्गबाट खटिएको प्रहरी गस्ती टोलीले एकनाले भरुवा बन्दुक दुई थान र उक्त बन्दुकमा प्रयोग हुने कार्टिज बारुद बोकेर हिँडीरहेको बुधबार मेलुङ्ग गाउँपालिका वडा नम्बर ६ काउले वनबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ । विभिन्न घटनालाई आधार मान्ने हो भने व्यक्तिगत हतियार दर्ताको संख्या जिल्ला प्रशासन कार्यालयमा ४६ मात्र रहेपनि धेरै व्यक्तिहरुले अवैध हतियार प्रयोग गर्ने गरेको पाईएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply