लोकेन्द्र प्रशाद जोशी/असार ९, दार्चुला । नेकपा एमाले मार्मा गाउँपालीका कमिटिले आयोजना गरेको चुनाबि आमसभालाइ सम्बोधन गर्दै दार्चुला जिल्लाबाट निर्बाचित सासंद एब. "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/असार ९, दार्चुला । नेकपा एमाले मार्मा गाउँपालीका कमिटिले आयोजना गरेको चुनाबि आमसभालाइ सम्बोधन गर्दै दार्चुला जिल्लाबाट निर्बाचित सासंद एब. "/>
2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको बिकासका लागी एमालेको बिकल्प छैन: ठगुन्ना

लोकेन्द्र प्रशाद जोशी/असार ९, दार्चुला । नेकपा एमाले मार्मा गाउँपालीका कमिटिले आयोजना गरेको चुनाबि आमसभालाइ सम्बोधन गर्दै दार्चुला जिल्लाबाट निर्बाचित सासंद एब. नेकपा एमाले केन्द्रीय सदस्य गणेश सिह ठगुन्नाले मार्मा क्षेत्रको समग्र बिकासकालागी नेकपा एमालेको बिकल्प नभएको बताउँनुभएको छ । 

ठोस निति, योजना र कार्यक्रम भएको पार्टी नेकपा एमालेमात्र भएकोले बिकासमा एमालेसंग कुनैपनि पार्टीले प्रतिस्पर्धा गर्नै नसक्ने ठोकुवा गर्नुभएको हो । २०७० सालमा सम्पन्न संबिधानसभा दोस्रो निर्बाचनमा गरेका अधिकासं प्रतिबद्धता र बिकासे बाचाहरु पुरा भइसकेको र केहि हुने चरणमा रहेकोले अब छिट्टै एमालेकै नेतृत्वमा मार्मा क्षेत्रको मुहार फेरीने बताउँनुभएको छ । 

मार्मा गाउँपालीकाको लटिनाथमा सम्पन्न आमसभालाइ सम्बोधन गर्दै नेता ठगुन्नाले बिकासको मेरुदन्ड सडक सञ्जाल भएकोले यातायातको बिस्तारकालागी आफ्नो पहलमा बिटुले पारीबगर घुसा खन्ेडेश्वरी रणनितिक महत्तको सडकको रुपमा छिट्टै सम्पन्न हुने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । 

जिल्लाको सडक स्तरोन्नति गर्नकोलागी १५ करोड बजेट छुट्याएको बताउँनुभएको छ । कतिपय राजनीतिक दलहरुले एम्वुलेन्सको कुरालाइ भ्रामक रुपमा उल्टो प्रचार गरीरहेको भन्दै नेता ठगुन्नाले छिट्टै लटिनाथमा एम्वुलेन्ससेवा सञ्चालन हुनेमा ढुक्कहुन आग्रह गर्नुभएको छ । सञ्चारको बिस्तारकालागी टाबर निर्माणको काम आफ्नो पहलमा सुरु भएको भन्दै सामाग्री अभाबको कारणले निर्माण सम्पन्न हुन केहि ढिलाइ भएपनि छिट्टै उपयुक्त सञ्चारसेवा मार्मावासीले पाउँने बताउँनुभएको छ ।  

नेकपा एमालेलाइ समुद्र र अरु पार्टीहरुलाइ खोलाको संग्यादिदै नेता ठगुन्नाले खोला र समुद्रको तुलना गर्न नमिल्ने बताउँनुभएको छ । कुरामात्र हैन काम गर्ने पार्टी एमाले भन्दै ठगुन्नाले सदनमा दर्जनबढी पटक भगौलीक बिकटताको आधारमा शिक्षक दरबन्दी कायम गरीनुपर्ने आबाज आफुले उठाएको कारण अहिले शिक्षा नियमावलिको ड्राफ्टमा आधारभुत तहमा भगौलीक बिकटताको आधारमा कक्षागत र माद्यमीक तहमा बिषयगत शिक्षक दरबन्दी हुनुपर्ने बिषय समेटिएको बताउँनुभयो ।

मार्मा गाउँपालीकाका एमाले नेता, कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थितिरहेको सभामा ठगुन्नाले अरु पार्टीको त्रास, झुटो आश्वासन र भ्रामक प्रचारमा बिश्वास नगर्न आग्रह गर्नुभएको छ । 

फरक प्रसङगमा बोल्दै नेता ठगुन्नाले उम्मेदबार मनोनयनको दिनमा एमालेमाथी भएको आक्रमणलाइ सामान्य रुपमा लिन आग्रह गर्नुभएको छ । 

एमाले आफैमा निति कार्यक्रम र योजनाका साथ अगाडि बढेको पार्टी भएकोले एमालेसंग कसैले ठोक्कीन आएमा आफै बजारीएर जाने तर एमालेलाइ कुनै घाटा नहुने टिप्पणी गर्नुभएको छ । कार्यक्रममा एमाले जिल्ला कमिटि अध्यक्ष लगायत नेताहरुले सम्बोधन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई