२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

संचारको युगमा टेलीफोन गर्नकै लागि १२ घण्टा पैदल हिड्नुपर्ने बाध्यता

१ माघ २०७२, शुक्रबार १०:४१

dursancharसम्राट सिंह । माघ १, बझाङ । टेलिफोन गर्न बाह्र घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर बझाङको अति विकट गाविस काँडाका ४ गाँउका बासिन्दाहरु टेलिफोन गर्न बाह्र घण्टा पैदल हिड्न बाध्य छन ।

झण्डै पन्ध्र सय जनसंख्या भएको धुली, बलौडी, न्युना र धलौन गाँउका वासिन्दाहरुले जिल्लामा संञ्चालित सिडिएम ए, जिएसएम, स्मार्ट र एनसेल फोनको पहुँच नपुगेपछि फोन गर्न लामो समयसम्म हिड्न बाध्य भएका हुन ।

एक कल फोन गर्न पनि यहाँका बासिन्दाहरु घण्टौ हिडेर काँडा गाविसको बाझचौकामा रहेको एक मात्र भि स्याट टेलिफोन सेवा सम्म पुग्ने गरेका छन ।घरबाट बाझचौका पुग्न झण्डै बाह्र घण्टा लाग्छ धुलीका हस्त धामीले भने फोन गर्न विहानै हिडे राती पुगिन्छ भोलिपल्ट बिहान मात्रै घर फर्किन्छौ । राज्यले यहाँका बासिन्दाहरुका लागि टावर जडान गरी टेलिफोन सेवा सुचारु गर्न पहल गर्नुपर्ने उनको भनाइ छ । पब गाविसको धलौन गाँउमा २०६८ सालमा स्मार्ट टेलिकम कम्पनीले ५ वटा लाइन भि स्याट जोडे पनि एक वर्ष पछि सबै लाइन बन्द भएका थिए । धलौन गाँउ पनि बाझचौकाबाट ७ घण्टाको पैदल दुरीमा रहेको छ ।

गाउँबाट एक दिनमा झण्डै ६०/७० जना फोन गर्ने मानिसहरु बाँझचौका पुग्ने गरेको टेलिफोन संचालक गोरख रोकाया वताए । कुनै पनि कम्पनीका मोवाइल सेवाले काम नगर्ने काँडाका बासिन्दाले एक गाँउमा एउटा सम्म भए पनि भिस्याट सेवा सन्चालन गरिदिनका लागी पटक पटक जिल्ला स्थित निकायमा पहल गरे पनि कतैबाट सुनुवाई नभएको काँडाका गाविस सचिव धनबहादुर घर्तीले बताए ।

फोन सुचारु हुदा धेरै सुविधा पाएका त्यस क्षेत्रका बासिन्दाहरु स्मार्ट सेवा बिग्रेपछि ४ बर्ष देखी टेलफोन गर्न समस्या झेल्दै छन । यस्तै टेलिफोन रहेको गाँउ बाझचौका पुग्न न्युनाबाट ५ घण्टा, धुलिबाट ७ घण्टा र जिमाबाट ५ घण्टा पैदल हिड्नु पर्ने स्थानिय बासिन्दा बताउँछन ।
फोटो क्याप्सन ः काँडाको बाँझ चौकामा जडान गरिएको भि स्याट टेलिफोनको एन्टेना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव