पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार ९, बर्दिया ।</b> बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । <br></p><p>ओराली बजारमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका ४२ वर्षका बसन्त सिजापतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।</p><p>पसलमा फलामको रड मिलाउने क्रममा रडले बिजुलीको मेन लाईनमा छुँदा करेण्ट लागि घाइते भएका सिजापतिलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाने क्रममा बाटोमा ज्यान गएको डिएसपी युवराज खड्काले बताउनुभयो ।</p>

