असार १० पर्वत । पर्वतका मदिरा व्यवसायीहरु आफ्नो व्यावसायिक हितका लागि संगठित भएका छन् । उनीहरुले सदरमुकाम कुश्मामा शनिवार एक कार्यक्रमको आयोजना गरी मदिरा व्यवसायी संघको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १० पर्वत । पर्वतका मदिरा व्यवसायीहरु आफ्नो व्यावसायिक हितका लागि संगठित भएका छन् । उनीहरुले सदरमुकाम कुश्मामा शनिवार एक कार्यक्रमको आयोजना गरी मदिरा व्यवसायी संघको "/>
2026-07-25 01:16 AM
पर्बत - PBT

पर्वतका मदिरा व्यवसायीहरु संगठित

असार १० पर्वत । पर्वतका मदिरा व्यवसायीहरु आफ्नो व्यावसायिक हितका लागि संगठित भएका छन् । उनीहरुले सदरमुकाम कुश्मामा शनिवार एक कार्यक्रमको आयोजना गरी मदिरा व्यवसायी संघको गठन गरे । 
संघको अध्यक्षमा सर्वसम्मत प्रकाश कर्माचार्यलाई चुनिएको छ । अध्यक्ष कर्माचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा रामु शर्मा, सचिव प्रल्हाद गिरी, कोषाध्यक्ष शम्भु जोशी रहेका छन् भने सदस्यमा चित्रबहादुर अधिकारी, राजकुमार बस्नेत, राजेश श्रेष्ठ, गोपाल बहादुर क्षेत्री, लोकप्रसाद अधिकारी, रमेश श्रेष्ठ, विश्वराज श्रेष्ठ छन् ।

मदिरा व्यवसायीहरुले आफ्नो संघका लागि सल्लाहकार समिति गठन समेत गरेका छन् । यसमा शिव शर्मा पौडेल, नेत्र पराजुली र लेखनाथ शर्मा रहेको बताइएको छ । कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका क्षेत्रीय उपाध्यक्ष डासीराम सापकोटा, मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष तारानाथ ढुंगानाको विशेष सहभागीता रहेको थियो । मदिरा व्यवसायीहरुले आफ्नो हकअधिकारको लागि एकजुट हुन थालेको बताए ।

राज्यलाई कर तिर्दा पनि कतिपय कुरामा राज्यका निकायहरुबाट दुःख र समस्या पाउनु परेको मदिरा व्यवसायीको गुनासो छ । अहिले केही मदिरा व्यवसायीहरु संगठित भए पनि विस्तारै जिल्लाभरका व्यवसायीहरुलाई समेटेर जाने नवनिर्वाचित सचिव प्रल्हाद गिरीले उल्लेख गरे । संघको निर्वाचित समितिको पहिलो बैठकले विधान मस्यौदा, सदस्यता शुल्क लगायतका विषयमा निर्णय गरेको सचिव गिरीले बताए । पर्वतमा कति प्रकारका मदिराजन्य पदार्थ कति परिमाणमा खपत हुन्छ भन्ने चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक