गुल्मी, असार ११ - गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने पल्लो घरमा कांग्रे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गुल्मी, असार ११ - गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने पल्लो घरमा कांग्रे"/>
2026-09-19 05:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देउरानी-जेठानीको लडाइँ, सासूको टाउको दुखाइ

गुल्मी, असार ११ - गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने पल्लो घरमा कांग्रेसको। वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुई पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन्। बिहान चिया पिउने बेलामा र कौसीमा कपडा सुकाउने बेलामा उनीहरूबीच पारिवारिक गफ चल्छ। तर, अरू बेला भने उनीहरू एकअर्काका पार्टीविरुद्ध घरदैलो कार्यक्रममा व्यस्त हुन्छन्। यो दृश्य हो, गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १ को। जहाँ जेठानी र देउरानीबीच महिला सदस्यका लागि चुनावी भिडन्त हुँदैछ।


यो वडामा नेपाली कांग्रेसबाट एकाघरकी जेठानी लक्ष्मी पाण्डे महिला सदस्यको उम्मेदवार बनेकी छिन् भने नेकपा एमालेले सोही पदका लागि उनकी देउरानी गीता पाण्डेलाई उठाएको छ। दुवैजना आफ्नो जितमा निश्चिन्त छन्।
जेठानी लक्ष्मीका श्रीमान रामप्रसाद पाण्डे सर्वसाधारण हुन्। उनलाई चुनावी चहलपहलसँग मतलब छैन। उनी घर सम्हालेर बसेका छन्।
देउरानीका श्रीमान् पद्म पाण्डे शिक्षण पेसामा छन्। अरू शिक्षक चुनावी प्रचार प्रसारमा व्यस्त भए पनि पाण्डे भने अध्यापनमै लागिरहेका हुन्छन्।


श्रीमानको आ–आफ्नै व्यस्तता छ। तर चुनावी मैदानमा उत्रिएका उनीहरूका श्रीमतीलाई चिया पिउने फुर्सद पनि छैन। घरघर डुली हात जोडेर मत माग्दैमा दिन बित्छ उनीहरूको। ‘सुरुमा दिदी कांग्रेसबाट उपमेयरमा उठ्ने चर्चा थियो। त्यही भएर म एमालेबाट सदस्यमा उठें,’ गीताले भनिन्, ‘दिदीले उपमेयरको टिकट नपाएपछि एउटै पदमा प्रतिस्पर्धा गर्नुपरेको हो। यसले पारिवारिक सम्बन्धमा कुनै असर पारेको छैन।’


जेठानी लक्ष्मीले पनि चुनावी कारणले पारिवारिक सम्बन्धमा कुनै असर नपरेको बताइन्। ‘हामी एकअर्काविरुद्ध जनतामा पुगेका छैनौं,’ लक्ष्मीले भनिन् ‘कांग्रेस र एमाले पार्टीका उम्मेदवार भएर पक्षविपक्षमा उत्रेका हौं।’
सासुलाई भने कुन बुहारीलाई भोट दिने भन्ने समस्या परेको छ। कान्छी बुहारी गीताको स्याहारसुसारमा बसे पनि जेठी बुहारी लक्ष्मीले पनि उत्तिकै माया र स्याहारसुसार गर्ने भएकाले दुवैलाई हार्न नसकिने सासु देवीकला पाण्डेले बताइन्। ‘दुइटै बुहारी एउटै पदमा फरक–फरक पार्टीबाट उठेपछि अप्ठेरो भएको छ,’ ८० वर्षीया पाण्डेले भनिन्, ‘भोट हालौं कि नहालौं।’
यस्तो समस्या यहाँका धेरै घर परिवारमा परेको छ। इस्मा गाउँपालिकाको एक वडामा एकै परिवारका तीनजना अलग–अलग पार्टीबाट उम्मेदवार बनेपछि परिवारमा समस्या उत्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ