2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका झण्डै १४ कार्यालय प्रमुख विहिन, सेवाग्राही मर्कामा

सम्राट सिंह । माघ ७, बझाङ । बझाङ जिल्लाका अधिकाँस सरकारी कार्यालय प्रमुख विहिन भएका छन् । २१ बटा सरकारी कार्यालय रहेको बझाङ जिल्लामा झण्डै १४ वटा कार्यालयहरु प्रमुख विहिन छन् । जिल्लामा कार्यालय प्रमुख नभएपछि कामको सिलसिलामा सदरमुकाम आउने सेवाग्राहीहरुले रित्तोहात घर फिर्ता हुनु परेको गुनासो गरेका छन् । प्रमुख नभएपछि कार्यालय पनि सुनसान जस्तै भएका सुवेडाका राजेन्द्र जोशीले बताए । उनले भने अधिकाँस सेवाग्राहीहरु योजनाको सम्झौता गर्न भुक्तानी लिन र कुनै सिफारिस गर्न आएका छन् तर प्रमुख नहुदाँ त्यसै फर्कनु परेको छ ।

जिल्ला प्रशासन कार्यालय सहित जिल्ला विकास समिति लगाएका जिल्लाका झण्डै १४ कार्यालयका प्रमुखहरु जिल्लामा छैनन् । प्रमुख नहुने कार्यालयमा जिल्ला प्रहरी कार्यालय , जिल्ला बन, कृषि, खानेपानी, शिक्षा, जिल्ला अदालत, घरेलु विकास जिल्ला आर्युवेद, जयपृथ्वी नगरपालीका,भु– संरक्षण कार्यालय र अनुसन्धान कार्यालय रहेका छन् । यसका साथै जिल्ला खाद्य संस्थानमा पनि कार्यालय प्रमुख नभएको अवस्था छ ।

स्थानिय विकास अधिकारी लगाएत केहि विकासिय कार्यालयका प्रमुख दुई साता अगाडी देखी ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको भ्रमणमा हिडेका छन् भने अन्य प्रमुख पनि घर विदामा गएका छन् । कोहि हाकीमहरु तालीम गोष्टिमा हिडेकाले कार्यालय प्रमुखको जिम्मेवारी लेखापाल खरिदार सुब्बाले लिएका छन् । यता डिएसपी लक्ष्मीराज अधिकारी भने विदेश प्लान पाएकोले जिल्ला छोड्नु परेको प्रहरी कार्यालयले जनाएको छ । घर विदामा गएका प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले आईतवार सम्म आफु संगै आधाजती कार्यालय प्रमुखलाइृ संगै ल्याउने वताए । स्थानिय विकास अधिकारी आत्मराम सत्याल भने सम्र्पकमा नआएको उनको भनाई छ । परिस्थिती अनुसार जिल्ला कार्यालय प्रमुख नभएर रिक्तो अवस्था छ म तुरुन्तै बुझेर हाकीमहरु लाई जिल्ला फिर्ताहुन पहल गर्ने छु । विगतका वर्षमा पनि बझाङका कार्यालय प्रमुखहरु यसरी आफुखुसी जिल्ला छोड्ने प्रचलन रहदै आएको भएपनि यसको रोकथाम र नियन्त्रका लागी भने नत जिल्ला सरकारले पहल गरेको छ नत केन्द्र सरकारको यसमा ध्यान पुगेको छ ।

अधिकाँस कार्यालय प्रमुखहरु जिल्ला बाहिरका भएकाले असार मसान्तमा घर गएर दशै तिहार पछि मात्र जिल्लामा आउने गर्दछन् । आर्थिक वर्षको दोसा्रे चौमासीकमा पनि नियमित कार्यालयमा प्रमुखहरु नबस्दा विकासिय कार्यालयको कार्यक्रम तथा योजनाहरु समयमै सम्पन्न हुन नसक्दा बजेट फ्रिज हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई