सरु शर्मा/असार १२, नवलपरासी । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नवलपरासी जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा/असार १२, नवलपरासी । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नवलपरासी जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाक"/>
2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा नेपाल-भारत सीमा नाका बन्द

सरु शर्मा/असार १२, नवलपरासी । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नवलपरासी जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाका लागि बन्द हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकबाट भएको सहमति बमोजिम असार १२ गते साँझ ५ बजेदेखि १४ गते साँझ ७ बजे सम्म ४८ घन्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइएको छ । छिमेकी राष्ट्र भारत संग जोडिएको परासीका महेसपुर, विषुनपुरा, भुजहवाँ, झुल्नीपुर र त्रिवेण्ी नाका बन्द गरिने छ ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रजिअ रानाले बताए । यतिबेला प्रहरीले महेसपुर, भुजहवाँ, झुल्नीपुर र त्रिवेणी नाकामा सुरक्षा व्यवस्था कडा बनाउदै सख्त निगरानी गरेको छ ।

सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त गस्ती गरिरहेको तथा गाउँबस्ती र सहरका टोल टोलमा सुरक्षालाई थप चुस्त बनाइएको रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो