पर्वत १२ असार । यतिवेला पर्वतका ग्रामीण बस्तीहरुमो धान रोपाईको चटारो शुरु भएको छ । कतिवय स्थापनमा कोदो त अधिकांस स्थानमा धान रोपाई र चैते धान थन्क्याउने समेत भ्याईनभ्याई भएको छ ।

वषा शुरु भएलगत्तै किसानहरुलाई खेतीवालीको कामल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत १२ असार । यतिवेला पर्वतका ग्रामीण बस्तीहरुमो धान रोपाईको चटारो शुरु भएको छ । कतिवय स्थापनमा कोदो त अधिकांस स्थानमा धान रोपाई र चैते धान थन्क्याउने समेत भ्याईनभ्याई भएको छ ।

वषा शुरु भएलगत्तै किसानहरुलाई खेतीवालीको कामल"/>

2026-09-19 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

होला त सफल- मध्य बर्खामा घुम्ती शिविर

पर्वत १२ असार । यतिवेला पर्वतका ग्रामीण बस्तीहरुमो धान रोपाईको चटारो शुरु भएको छ । कतिवय स्थापनमा कोदो त अधिकांस स्थानमा धान रोपाई र चैते धान थन्क्याउने समेत भ्याईनभ्याई भएको छ ।

वषा शुरु भएलगत्तै किसानहरुलाई खेतीवालीको कामले भ्याईनभ्याई भएका बेला जिल्ल प्रशासन कार्यालय पर्वतले एकीकृत घुम्तीको आयोजना गरेको छ । दक्षिण पर्वतको पैंयु गाउँपालिका ४ हुवासमा असार १४ गते बुधवार शिविर आयोजना गरेको हो ।

ग्रामीण क्षेत्रमा बसोवार गर्ने सर्वसाधारण नागरिक र सेवाग्राहीको लागि सरकारी सेवामा थप पहूँच विस्तार गर्न एकीकृत घुम्ती सेवा संचालन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिनुभयो । जिल्लाका सवैजसो सरकारी कार्यालयहरुले सेवा प्रवाहका साथै सार्वजनिक सुनुवाई समेत गरिने भएको छ ।

आगामी बुधवार आयोजित शिविरमा नागरिकता प्रमाणपत्र वितरण तथा अन्य सिफारीस, सार्वजनिक सुनुवाई, प्रहरी मेरो साथी अभियानबारे जानकारी, धान दिवस, रोपाई महोत्सव तथा बिऊबिजयन वितरण, पशु स्वास्थ्य शिविर, स्वास्थ्य शिविर संचालन हुने भएको छ । त्यसैगरी बन संरक्षण सम्पन्धी कानूनी सचेतना लगायत स्थलगत अभ्यास, जेष्ठ नागरिक परिचय पत्र तथा अपाङ्गता भएकालाई परिचयपत्र वितरण, उद्योग तथा बाणिज्य दर्ता तथा नविकरण सम्वन्धी कार्यक्रम र आयुर्वेदीक पद्धतिवाट उपचार तथा स्वास्थ्य परिक्षण लगायका कार्यक्रम हुने भएका छन् ।

सदरमुकामबाट धेरै टाढा रहेका र कुश्माबजार सम्म आएर सेवा लिन नसक्नेहरुलाई लक्षित गरी उक्त घुम्ती शिविर आयोजना गरिएको हो । शिविरमा पैंयु गाउँपालिका, बिहादि गाउँपालिका र महाशिला गाउँपालिकाका १९वटै वडाका वासिन्दाहरुले सेवा लिनका लागि आउने र सोह अनुसार प्रचारप्रसार समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । शिविरमा आ–आफ्ना सेवा प्रवाह गर्नका लागि कुश्मामा रहेका सवै सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु हुवासमा सहभागि हुने भएका छन् ।

यातायातको राम्रो सुविधा नहुँदा उक्त क्षेत्रका वासिन्दा सदरमुकाम कुश्माबजार आउनका लागि स्याङजा र कास्की हुँदै धेरै समय र धेरै रकम खर्चेर सेवा लिन आउनुपर्ने अवस्था रहेको छ । शिविरलाई लक्षित गर्दै जिल्ला कृषि विकास कार्यालय पर्वतले पनि यस वर्षको रोपाई महोत्सव हुवासमा नै गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ