पर्वत :मोदी गाउँपालिका वडा नं. ८ तिलाहारमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। धान रोप्न मेलामा गएको बे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत :मोदी गाउँपालिका वडा नं. ८ तिलाहारमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। धान रोप्न मेलामा गएको बे"/>
2026-09-19 05:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शौच गर्न जाँदा भीरबाट लडेर महिलाको मृत्यु

पर्वत :मोदी गाउँपालिका वडा नं. ८ तिलाहारमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। धान रोप्न मेलामा गएको बेला शौच गर्न जाने क्रममा भीरबाट लडेर २९ वर्षीया  रिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए।

उनलाई उपचारको जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको मृतक राईका श्रीमान ओमबहादुर कामीले जानकारी दिए। राई शौच गर्ने क्रममा अचानक भीरबाट लड्दा झण्डै ९० मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृतक राईको शव पोष्टमार्टमको लागि अंचल अस्पताल बागलुङ पठाइएको छ। यसैबीच, सोमबार राती मोदी गाउँपालिका वडा नं. १ भूकताङलेमा आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। कुँडो पकाउने क्रममा छोडिएको आगोबाट घरमा आगलागी हुँदा गंगाबहादुर पुनको घर नष्ट भएको प्रहरीले बताएको छ। आगलागीबाट झण्डै ५ लाख बराबरको अन्न र चौपायाको क्षती भएको छ।

पर्वतकै कुश्मा नगरपालिका वडा नं. १ पाङमा विद्युत सर्ट भई आगलागी हुँदा लक्ष्मण पौडेलको घर जलेर नष्ट भएको छ। अचानक विद्युत सर्ट भई आगलागी भएको र तत्कालै आगो नियन्त्रणमा लिँदा पनि घरको आधा भन्दा बढी भाग जलेको छ। आगलागीमा परी विभिन्न विद्युुतीय सामान, फर्निचर र गहना गरी झण्डै ६ लाख बराबरको धनमाल नष्ट भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ