१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कहाँ हराए डेढ करोडका कुखुरा ?

१४ माघ २०७२, बिहीबार ०७:५३

सम्राट सिंह । माघ १४, बझाङ । विकट हिमाली जिल्ला बझाङमा गर्भवती र सुत्केरी महिला र वालवालिकाको पोषण अवस्थामा सुधार गर्न सुआहारा कार्यक्रमले बितरण गरेका एक करोड साठी लाखका ४० हजार कुखुरा कार्यक्रम सम्पन्न हुनु पुर्व नै सकिएका छन ।

अमेरिकी सहयोग नियोगको आर्थिक सहयोगमा सामाजिक तथा प्राविधिक विकास सेवा समुह अन्र्तगत सुआहारा कार्यक्रमबाट जिल्लाका करिव ८ हजार घरधुरीलाइ यति ठुलो रकमको कुखुरा वितरण गरिएको थियो । आठ हप्ते चल्ला वितरण गर्ने भनिएता पनि चार देखी पाँच हप्ता सम्मका चल्ला वितरण गरिएका कारण पहिलो चरणमा वितरण गरिएका अधिकांस कुखुरा वितरण भएको केही दिन मै मरेको पाराकाट्ने ३ की नर्मा विष्टले वताइन ।

उता सुआहारा कार्यक्रमले आफुले दिएका कुखुरा मरे पछि अरु कार्यक्रमले दिएका कुखुरा देखाइ प्रगती देखाउने गरेको बुझिएको छ । दंगाजी गाविस वडा नं ५ की नारुदेवी नाथले पालेका कुखुराको सफलताको कथा बनाइ आफ्नो कार्यक्रमको प्रगती प्रतिवेदनमा समेत पेश गरेको जिल्ला पशुसेवा कार्यालयका एक प्राविधिकले बताए ।

नारुदेवीलाई कृषि तथा खाद्य सुरक्षा आयोजनाले कुखुरा वितरण गरेको थियो । नाम प्रकाशन नगर्ने शर्तमा उनले भने “सुआहारा मार्फत वितरण गरेका कुखुरा गाँउमा एउटा पनि छैन । सुआहाराको केन्द्रबाट आउने अनुगमन टोली लाई समेत कृषि तथा खाद्य सुरक्षा आयोजनाबाट हामीले बाडेका कुखुरा देखाउने गरेका छन ” कम उमेरका र रोगी कुखुरा वितरण गरेको कारण सुआहारा कार्यक्रमका कुखुरा धमाधम मरेको उनले बताए ।

सुआहारा कार्यक्रम मार्फत जिल्लाका ४२ गाविस र नगरपालिका गरी ३ वर्षको अवधीमा झण्डै ७ करोड भन्दा बढी रकम खर्च गरिएको भएता पनि खर्च अनुसारको उपलब्धी न्युन देखीएको सरोकारवालाहरु बताउँछन । कार्यक्रमले अधिकासं रकम चेतना विकासको लागी खर्च गरेको वताएता पनि ग्रामिण महिला तथा वालबालिकाको व्यवहारमा कुनै परिर्वर्तन नदेखिएको उनिहरुको गुनासो छ ।

संस्थाले काम भन्दा पनि कागज मिलाउनमै बढी जोड दिने गरेकोले उपलब्धी शुन्य भएको सुआहारा कै कर्मचारीहरुले आरोप लगाउने गरेका छन । प्रति कुखुरा ढुवानी सहित करिव ४ सयमा बझाङ पुगेको जनाइएको छ । यता सुआहारा जिल्ला संयोजक जगदिश लुहारले सबै गाँउका कुखुरा नसकिएको बताए । सबै काम तोके बमोजिम नै भएको छ र सुआहारा कार्यक्रमले जिल्लामा पोषणको क्षेत्रमा ठुलो योगदान पुर्याएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’