2026-06-28 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कहाँ हराए डेढ करोडका कुखुरा ?

सम्राट सिंह । माघ १४, बझाङ । विकट हिमाली जिल्ला बझाङमा गर्भवती र सुत्केरी महिला र वालवालिकाको पोषण अवस्थामा सुधार गर्न सुआहारा कार्यक्रमले बितरण गरेका एक करोड साठी लाखका ४० हजार कुखुरा कार्यक्रम सम्पन्न हुनु पुर्व नै सकिएका छन ।

अमेरिकी सहयोग नियोगको आर्थिक सहयोगमा सामाजिक तथा प्राविधिक विकास सेवा समुह अन्र्तगत सुआहारा कार्यक्रमबाट जिल्लाका करिव ८ हजार घरधुरीलाइ यति ठुलो रकमको कुखुरा वितरण गरिएको थियो । आठ हप्ते चल्ला वितरण गर्ने भनिएता पनि चार देखी पाँच हप्ता सम्मका चल्ला वितरण गरिएका कारण पहिलो चरणमा वितरण गरिएका अधिकांस कुखुरा वितरण भएको केही दिन मै मरेको पाराकाट्ने ३ की नर्मा विष्टले वताइन ।

उता सुआहारा कार्यक्रमले आफुले दिएका कुखुरा मरे पछि अरु कार्यक्रमले दिएका कुखुरा देखाइ प्रगती देखाउने गरेको बुझिएको छ । दंगाजी गाविस वडा नं ५ की नारुदेवी नाथले पालेका कुखुराको सफलताको कथा बनाइ आफ्नो कार्यक्रमको प्रगती प्रतिवेदनमा समेत पेश गरेको जिल्ला पशुसेवा कार्यालयका एक प्राविधिकले बताए ।

नारुदेवीलाई कृषि तथा खाद्य सुरक्षा आयोजनाले कुखुरा वितरण गरेको थियो । नाम प्रकाशन नगर्ने शर्तमा उनले भने “सुआहारा मार्फत वितरण गरेका कुखुरा गाँउमा एउटा पनि छैन । सुआहाराको केन्द्रबाट आउने अनुगमन टोली लाई समेत कृषि तथा खाद्य सुरक्षा आयोजनाबाट हामीले बाडेका कुखुरा देखाउने गरेका छन ” कम उमेरका र रोगी कुखुरा वितरण गरेको कारण सुआहारा कार्यक्रमका कुखुरा धमाधम मरेको उनले बताए ।

सुआहारा कार्यक्रम मार्फत जिल्लाका ४२ गाविस र नगरपालिका गरी ३ वर्षको अवधीमा झण्डै ७ करोड भन्दा बढी रकम खर्च गरिएको भएता पनि खर्च अनुसारको उपलब्धी न्युन देखीएको सरोकारवालाहरु बताउँछन । कार्यक्रमले अधिकासं रकम चेतना विकासको लागी खर्च गरेको वताएता पनि ग्रामिण महिला तथा वालबालिकाको व्यवहारमा कुनै परिर्वर्तन नदेखिएको उनिहरुको गुनासो छ ।

संस्थाले काम भन्दा पनि कागज मिलाउनमै बढी जोड दिने गरेकोले उपलब्धी शुन्य भएको सुआहारा कै कर्मचारीहरुले आरोप लगाउने गरेका छन । प्रति कुखुरा ढुवानी सहित करिव ४ सयमा बझाङ पुगेको जनाइएको छ । यता सुआहारा जिल्ला संयोजक जगदिश लुहारले सबै गाँउका कुखुरा नसकिएको बताए । सबै काम तोके बमोजिम नै भएको छ र सुआहारा कार्यक्रमले जिल्लामा पोषणको क्षेत्रमा ठुलो योगदान पुर्याएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी