१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँग्रेस निर्वाचनमा संस्थापनले गरे बहिष्कार

१६ माघ २०७२, शनिबार १०:०५

सम्राट सिंह/ माघ १६, बझाङ ।  नेपाली काँग्रेसको शुक्रबार सम्पन्न वडास्तरीय अधिवेसन संस्थापन पक्षले बहिष्कार गरेको छ । जयपृथ्वी नगरपालिका ४ चैनपुरको अधिवेसनमा प्रजातान्त्रिक पक्षले समय सकिएपछि मनोनयन दर्ता गरेको भन्दै संसथापन पक्षले निर्वाचन बहिष्कार गरेको हो ।

संस्थापन पक्षले निर्वाचन बहिष्कार गरेपनि प्रजातान्त्रिक पक्षले भने निर्वाचनलाई रोक्न नमिल्ने भन्दै निर्वाचनलाई निरनतरता दिएको थियो । अधिवेसनमा निर्वाचन दर्ता गर्ने अन्तिम समय शक्रबार ४ बजे तोकेको थियो ।

संस्थापनका उम्मेदवारले तोकेको समयमा नै मनोनयन दर्ता गरेको र प्रजातान्त्रिक पक्षले तोकेको समयभन्दा आधा घण्टापछि मनोनयन दर्ता गरेका बिवाद भएको संथापन पक्षका वडास्तरीय सभापतीमा उम्मेदवार लोकेन्द्र बिष्टले बताए । उनले भने हामीले बहिष्कार गरेपछि ८५ मतमा १५ मत निर्वाचन अधिकृत को हस्ताक्षर समेत नभएका फर्जी मत खसेका रहेछन ।

संस्थापन पक्षले निर्वाचनमा भाग नलिएपछि प्रजातान्त्रिक पक्षका सबै उम्मेदवार र्निविरोध विजय भएका छन । जसमा प्रजातान्त्रिक पक्षका ज्ञान बहादुर सिंह सभापती,पुरुष क्षेत्रीय प्रतिनिधि कुवेर बहादुर सिंह,बिष्णु भक्त जोशी र दल बहादुर बिष्ट एवं महिला क्षेत्रीयमा प्रतिनिधि हरिप्रिया जोशी,उमा केसी रहेका छन ।

संस्थापन पक्षले बहिष्कार गरेपछि १४७ सक्रिय सदस्य रहेको जयपृथ्वी नगरपालिका ४ को निर्वाचनमा ८५ मत खसेका थिए । जयपृथ्वी नगरपालिका को वडा नम्बर १० लुयाटामा क्षेत्रीय प्रतिनिधिका प्रत्यासी निवर्तमान जिल्ला सभापती चेतराज बजाल,मोतीलाल उपाध्याय,मोहन राज उपाध्याय, गणेश राज जोशी, गौरीलाल जोशी,जोग बहादुर बिक र हिमाल पुरी गरी ६ जना भएकाले स्थगित भएको क्रियासिल सदस्य केश बहादुर खातीले बताए ।

बझाङ जिल्लामा नगर अधिवेसन माघ १७ गते र जिल्ला अधिवेसन माघ २५ गते हुने भएको छ । अधिवेसनमा विभिन्न पदका लागि संस्थापन पक्ष र प्रजातान्त्रिक पक्ष कार्यकर्ता आ–आफ्नो पक्षका बहुमत जुटाउन प्रचार प्रसारमा लागि परेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध