२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा अधिवेशनको रौनक, देउवा पक्ष बलियो

२०७२, १७ माघ आईतवार ११:१३

सम्राट सिंह/ माघ १७, बझाङ । नेपाली काङग्रेसको अधिवेशनको रौनक बझाङ जिल्लाका गा“उहरु हुदै आइतवार जयपृथ्वी नगरपालीकामा केन्द्रित भएको छ । एक गाविस बाहेक ४१ वटा गाविसको अधिवेशन सम्पन्न भैसकेको छ भने नगरपालीकाको विभिन्न पदमा आइतवार मतदान भै रहेको छ ।

८ सय २३ क्रियाशिल सदस्यले मतदान गर्ने नगर सभापती पदको लागी संस्थापन र देउवा पक्षको कडा प्रतिश्पर्धा रहेको बुझिएको छ । सभापती पदमा देउवा पक्षबाट हिरेन्द्र छत्याल र संस्थापनको तर्फबाट राजेन्द्र खड्का प्रतिश्पर्धामा छन ।
bajhang district - nepali congress
नगरपालीकामा देउवा पक्ष बलियो भए पनि व्यवहारिक मत आफुले पाउने आसा खड्काले गरेका छन भने आफ्ना पक्षका प्रतिनिधी बढी भएकोले छत्याल पनि आफुले जित्ने विश्वासमा छन । सोमवार सम्म नगरपालीको मत परिणाम आउने निर्वाचन मण्डलले बताएको छ ।
अधिवेशनको चहल पहलले जिल्ला सदरमुकाम चैनपुर काङग्रेसमय भएको छ । केन्द्रिय महाअधिवेसनको लागी २४ जना प्रतिनिधी छनौट हुने यस जिल्लामा गा“उबाट आएका क्षेत्रिय प्रतिनिधीलाई आधार मान्ने हो भने देउवा पक्ष संस्थापन भन्दा अब्बल देखिएको छ ।

नया“ क्रियासिल सदस्यता थप गर्दा देउवा पक्षधर बढी परेको कारण संस्थापन भन्दा देउवा पक्ष नै बढी रहेको संस्थापन पक्षधरहरु स्विर्काछन । पछिल्लो पटक थपिएका सदस्यताका कारण देउवा पक्षका प्रतिनिधी केही बढन सक्ने नेपाली विद्यार्थी संघका पुर्व अध्यक्ष उत्तम रोकायाले बताए ।

उता जिल्ला सभापती पृथ्वी बहादुर सिहंले भने देउवा पक्ष संस्थापन भन्दा निकै बलियो रहेको बताए । “११ गाविसबाट सत प्रतिशत हाम्रो पक्षमा प्रतिनिधी आएका छन” सिहंले भने “अरुमा पनि धेरै गाविसमा हामी अगाडी छौ । जिल्लामा देउवा पक्षका ८० प्रतिशत प्रतिनिधी रहेको हाम्रो अनुमान छ” सभापती सिहंले भने झै ८० प्रतिशत नभए पनि ६० देखी ६५ प्रतिशत प्रतिनिधीहरु देउवा पक्षको रहेको र क्षेत्र गत हिसावले हेर्दा क्षेत्र नं १ वाट देउवा पक्ष बढी र २ बाट बरावरी रहेको काङग्रेस निकट जानकारहरु बताउछन ।

अधिवेसनका क्रममा गा“उ देखी नगरपालीका सम्म ससाना विवाद देखिए पनि अधिकासं गाविसको अधिवेशन शान्तीपुर्ण र प्रजातान्त्रिक पद्दतीबाट भएको सभापती सिहंले बताए । विवादका कारण भामचौर गाविसको अधिबेशन स्थगित भएको छ ।

अधिवेशनको रौनकले काङग्रेसको गा“उस्तरमा सुुुसुप्त अवस्थामा रहेको संगठनलाई पुर्न जिवित गरेको छ भने तल्लो तह सम्मै गुटबन्दीको लागी समेत माहौल बनाएको कतिपयको टिप्पणी छ ।

फोटो: जयपृथ्वी नगरपालीमा पहिलो पटक भएको नगर अधिवेशनमा मतदान गर्न लामबद्ध काङग्रेस कार्यकर्ताहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !