१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा अधिवेशनको रौनक, देउवा पक्ष बलियो

१७ माघ २०७२, आईतवार ११:१३

सम्राट सिंह/ माघ १७, बझाङ । नेपाली काङग्रेसको अधिवेशनको रौनक बझाङ जिल्लाका गा“उहरु हुदै आइतवार जयपृथ्वी नगरपालीकामा केन्द्रित भएको छ । एक गाविस बाहेक ४१ वटा गाविसको अधिवेशन सम्पन्न भैसकेको छ भने नगरपालीकाको विभिन्न पदमा आइतवार मतदान भै रहेको छ ।

८ सय २३ क्रियाशिल सदस्यले मतदान गर्ने नगर सभापती पदको लागी संस्थापन र देउवा पक्षको कडा प्रतिश्पर्धा रहेको बुझिएको छ । सभापती पदमा देउवा पक्षबाट हिरेन्द्र छत्याल र संस्थापनको तर्फबाट राजेन्द्र खड्का प्रतिश्पर्धामा छन ।
bajhang district - nepali congress
नगरपालीकामा देउवा पक्ष बलियो भए पनि व्यवहारिक मत आफुले पाउने आसा खड्काले गरेका छन भने आफ्ना पक्षका प्रतिनिधी बढी भएकोले छत्याल पनि आफुले जित्ने विश्वासमा छन । सोमवार सम्म नगरपालीको मत परिणाम आउने निर्वाचन मण्डलले बताएको छ ।
अधिवेशनको चहल पहलले जिल्ला सदरमुकाम चैनपुर काङग्रेसमय भएको छ । केन्द्रिय महाअधिवेसनको लागी २४ जना प्रतिनिधी छनौट हुने यस जिल्लामा गा“उबाट आएका क्षेत्रिय प्रतिनिधीलाई आधार मान्ने हो भने देउवा पक्ष संस्थापन भन्दा अब्बल देखिएको छ ।

नया“ क्रियासिल सदस्यता थप गर्दा देउवा पक्षधर बढी परेको कारण संस्थापन भन्दा देउवा पक्ष नै बढी रहेको संस्थापन पक्षधरहरु स्विर्काछन । पछिल्लो पटक थपिएका सदस्यताका कारण देउवा पक्षका प्रतिनिधी केही बढन सक्ने नेपाली विद्यार्थी संघका पुर्व अध्यक्ष उत्तम रोकायाले बताए ।

उता जिल्ला सभापती पृथ्वी बहादुर सिहंले भने देउवा पक्ष संस्थापन भन्दा निकै बलियो रहेको बताए । “११ गाविसबाट सत प्रतिशत हाम्रो पक्षमा प्रतिनिधी आएका छन” सिहंले भने “अरुमा पनि धेरै गाविसमा हामी अगाडी छौ । जिल्लामा देउवा पक्षका ८० प्रतिशत प्रतिनिधी रहेको हाम्रो अनुमान छ” सभापती सिहंले भने झै ८० प्रतिशत नभए पनि ६० देखी ६५ प्रतिशत प्रतिनिधीहरु देउवा पक्षको रहेको र क्षेत्र गत हिसावले हेर्दा क्षेत्र नं १ वाट देउवा पक्ष बढी र २ बाट बरावरी रहेको काङग्रेस निकट जानकारहरु बताउछन ।

अधिवेसनका क्रममा गा“उ देखी नगरपालीका सम्म ससाना विवाद देखिए पनि अधिकासं गाविसको अधिवेशन शान्तीपुर्ण र प्रजातान्त्रिक पद्दतीबाट भएको सभापती सिहंले बताए । विवादका कारण भामचौर गाविसको अधिबेशन स्थगित भएको छ ।

अधिवेशनको रौनकले काङग्रेसको गा“उस्तरमा सुुुसुप्त अवस्थामा रहेको संगठनलाई पुर्न जिवित गरेको छ भने तल्लो तह सम्मै गुटबन्दीको लागी समेत माहौल बनाएको कतिपयको टिप्पणी छ ।

फोटो: जयपृथ्वी नगरपालीमा पहिलो पटक भएको नगर अधिवेशनमा मतदान गर्न लामबद्ध काङग्रेस कार्यकर्ताहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का