असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्म"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्म"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

चारतारे झण्डामुनी सिडिओ राजेश पन्थीको बास

२०७४, १६ असार शुक्रबार ०२:१०

असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्मेबारीबिपरित चारतारे झण्डामुनी बास बसेका हुन ।न्यूज सारथीमा खबर छ

हुवासमा इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयको आतिथ्यतालाई लत्याएर नेपाली काँग्रेस पैंयूँ गाउँपालिकाका सभापति डम्बरबहादुर प्रधानको घरमा बास बसेका हुन । २० दिनअघि पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा पर्वतमा आएका पन्थी आर्थिक बर्ष समापन हुनै लाग्दा पर्वतको हुवासमा घुम्ती शिविर लिएर पुगेका थिए ।

उनले इलाका प्रशासन र इलाका प्रहरी कार्यालयमा बस्ने सुविधा हुँदा–हँुदै पार्टी प्रमुखको घरमा बास बसेपछि चौतर्फी आलोचित बनेका छन् । छानामा चारतारे झण्डा फरफराई रहेको घरमा पन्थी बास बसेपछि उनी चौतर्फी आलोचित बनेका छन् । ‘कुनै ब्यक्तिको घरमा बास बस्नु नराम्रो होइन तर बास बस्न आफ्नो मातहतका निकाय हुँदाहुँदै छानामाथि चारतारे झण्डा फरफराइरहेको घरमा बास बस्नु चाही उनी आफ्नो पदीय दायित्व बिर्सेको अनु्भुति भएको छ’ स्थानीय एक ब्यक्तिले भने ।

झण्डै छ महिनासम्म इलाका प्रशासन कार्यालय हुवासबाट नागरिकता बितरण गर्न नसक्दा घुम्ती शिविर लैजान नसकेको जिल्ला प्रशासन कार्यालय पर्वतले इलाका प्रशासन कार्यालयमा नागरिकता बितरण गर्नका लागि अधिकृत खटिएपछि शिविर चलाएको हो ।

शिविरमा जम्मा ३२ वटा मात्रै नागरिकता बितरण गरिएको थियो । ‘हुवासमा नियमित नागरिकता बितरण भइरहेको समयमा घुम्ती शिविरको नाममा लाखौ रुपैयाँ स्वाहा गर्नु राम्रो होइन’ पैयूँ गाउँपालिकाका एक स्थानीयले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली