पर्वत । धौलागिरिमै पहिलो पटक ठुलो लागतमा शीतभण्डारण गृह निर्माण हुँदैछ । पर्वतजिल्लास्थित मोदीगाउँपालिका वडा २ को पातीचौरमा पाँच करोडको लागतमा शीतभण्डारण गृह निर्मार्णाधिन अवस्थामा छ । 

कुल पाँच करोडको लगानीमा सम्पन्न हुने भनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । धौलागिरिमै पहिलो पटक ठुलो लागतमा शीतभण्डारण गृह निर्माण हुँदैछ । पर्वतजिल्लास्थित मोदीगाउँपालिका वडा २ को पातीचौरमा पाँच करोडको लागतमा शीतभण्डारण गृह निर्मार्णाधिन अवस्थामा छ । 

कुल पाँच करोडको लगानीमा सम्पन्न हुने भनि"/>

2026-09-19 05:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धौलागिरिमै पहिलो पटक पाँच करोडको लागतमा शीतभण्डार बन्दै

पर्वत । धौलागिरिमै पहिलो पटक ठुलो लागतमा शीतभण्डारण गृह निर्माण हुँदैछ । पर्वतजिल्लास्थित मोदीगाउँपालिका वडा २ को पातीचौरमा पाँच करोडको लागतमा शीतभण्डारण गृह निर्मार्णाधिन अवस्थामा छ । 

कुल पाँच करोडको लगानीमा सम्पन्न हुने भनिएको शीतभण्डारका लागि स्थानीय विकास मन्त्रालयबाट ५० लाख रकम विनियोजन भईसकेको छ । शीत भण्डार निर्माणका लागि अगुवा कृषक गंगा तिमिल्सिनाको अध्यक्षतामा उपभोक्ता समिति निर्माण भएको छ । समितिकै अगुवाईमा  शीतभण्डार निर्माण कार्यले गत जेठको पहिलो हप्तादेखि गति लिएको हो । शीतभण्डार निर्माणका लागि समितिले करीव १४ लाख बराबर रकम खर्चिएर जमिन खरीद गरेको थियो । निर्माणाधिन शीतभण्डारको भवन करीव १३ सय वर्ग फिट छ । भवन दुई तल्ले बनाउने समितिको योजना छ । 

कृषकको फलफुल, विउ, तरकारी, अन्नवाली लगायत खाद्यउत्पादनलाई सुरक्षित राख्नका लागि शीतभण्डार निर्माण गर्न थालिएको हो । खाद्यउत्पादनलाई केही समय भण्डार गरी राख्न सकेमा मात्र पनि कृषकलाई उचित मूल्य पार्न सजिलो हुने देखिन्छ । शीतभण्डार भयो भने कृषि उपज विग्रिने र कुहिने समस्याबाट कृषक मुक्त मात्र नभई उचित बजार मूल्य समेत मिल्ने हुन्छ । 

उत्पादन भएको शीतभण्डार निर्माण सम्पन्न भएमा यसमा २० ट्रकसम्म कृषि उपज भण्डार गर्न सकिने निर्माण उपभोक्ता समितिका सदस्य सुरेन्द्रजंग लामिछानेले बताए । शीतभण्डार निर्माण पश्चात धौलागिरिकै कृषकहरु लाभान्वित हुने अगुवा कृषकहरुको दावी छ । खासगरी मोदी गाउँपालिकाको देउपुर भन्ने स्थान सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । मोदि गाउपालिकाका देउपुर, बाजुङ र तिलाहार क्षेत्रमा मात्र २० हजार सुन्तलाका बोटहरु रहेको पातीचौर कृषि सेवा केन्द्रका प्राविधिक सहायक शारदा आचार्य बताउँछिन् । मौसमले साथ दिएमा यहाँका कृषकले ५ देखि ७ करोड बराबरको सुन्तला वर्षेनी विक्री गर्दै आउने कृषि सेवा केन्द्रको भनाई छ । 

अहिले पातीचौर बजारभन्दा केही माथिको स्थानमा बन्दै गरेको शीतभण्डारको लागि शुरुवाती भौतिक संरचना निर्माण कार्य भइसकेको छ । निर्माणको कार्यलाई धमाधम अगाडि बढाएर सरकारद्धारा विनियोजित रकम हात पार्ने चटारो निर्माण समिति सदस्यहरुलाई छ  । हालसम्म निर्माणका लागि भनी सरकारबाट उपभोक्ता  समितिले रकम लिएको छैन । सदस्यहरु आफैले रकम उठाएर शीतभण्डारको लागि खर्चिदै आएको बताउछन् । जिल्ला प्राविधिक कार्यालय पर्वतले शीतभण्डार निर्माणका लागि प्राविधिक सहयोग गरिरहेको छ ।

 जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख ई.लक्ष्मीप्रसाद भण्डारीले शीतभण्डारबारे यस्तो भन्छन्–‘ जिल्लामै पहिलो पटक शीत भण्डार निर्माण गर्न लागेकोले यो हाम्रा लागि पनि रमाईलो अनुभव रहेको छ । भौतिक  संरचनाको विषय मात्र नभई शीतभण्डार निर्माणका लागि आन्तरिक प्राविधिक पक्ष अझ बढी महत्वको रहन्छ । शीतभण्डारको निर्माणलाई बढीभन्दा बढी आधुनिक प्रणालीमा लैजाने र कृषकलाई बढी लाभ दिलाउने भन्ने चुनौती बनेको छ ।’

शीतभण्डार निर्माण उपभोक्ता समितिकी अध्यक्ष गंगा तिमिल्सिनाले यसो भन्छिनु,–‘शीतभण्डार निर्माण हुनु धौलागिरिबासी कृषकहरुका लागि नै खुशीको कुरा हो । प्रचण्ड सरकारले हामी कृषकको माग र आवश्यकतालाई बुझेर ५ करोडको प्रस्तावमा शीतण्डार निर्माण गर्ने योजना बनाएको हो । यो निर्माण कार्यलाई सम्पन्न गर्न सवैको साथ र सहयोग चाहिन्छ । विशेष गरी स्थानीय जनप्रतिनिधिहरुले यो शीतभण्डारको कार्यलाई अगाडि बढाउन ध्यान दिनु आवश्यक छ । क्याङका आलु र देउपुरका सुन्तलाको मात्र कुरा नभई सिंगो धौलागिरिका कृषकहरुले उत्पादन गरेको कृषि उपजले मूल्य पाउने अवस्था हुन्छ । शीतभण्डार निर्माण पश्चात् हजारौ कृषक लाभान्वित हुने विश्वास लिन सकिन्छ ।’

समितिकी अध्यक्ष तिमिल्सिनाले जिल्ला प्राविधिक क ार्यालयका प्राविधिहरुले अझ बढी सक्रियता देखाइ दिएमा निर्माण कार्यले गति लिने धारणा राखिन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ