डिवि विष्ट/ माघ २०, बझाङ । एकिकृत नेकपा माओवादीकोराजनैतिक कार्यक्रता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज एकीकृत नेकपा माओबादीको पार्टी कार्यलयमा सन्चालन भएको कार्यक्रता प्रशिक्षण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एकिकृत नेकपा माओावदी पोलिट व्यूरो सदस्य लेखराज भट्ट आफ्नो काम आफै गर्नु पर्ने र आफ्नो पार्टीले नयाँ ढंगले समाज बादी रणनितीका साथ अगाडी बढेने बताउनु भएको छ ।
आज विहान बाट सुरु भएको प्रशिक्षण कार्यक्रममा एकिकृत नेकापा माओवादी जिल्ला कमीटी पदाधिकारी तथा सदस्य, सल्लाकारहरु, गाँउ तथा नगरकमीटीका पदाधिकारी तथा सदस्य पुर्व जिल्ला कमीटी सदस्य लगाएत भातृ तथा सभेच्छुक संगठनका प्रमुख तथा पदाधिकारीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश नम्बर ७ का सचिव खगराज भट्ट, देबराज रेग्मी लगाएत अन्य नेता तथा कार्यकर्ताको उपस्थित रहेको जनाईएको छ । प्रशिक्षण कार्यक्रममा पार्टीले विगतमा गरेको कमीकम्जोरीका कारण व्यहोरेको क्षेती र अबका दिनमा संगठन सुदृढीकरण संगै पार्टीलाई शशसक्त रुपमा अगाडी बढाउन गर्नु पर्ने क्रियाकलापको बारेमा छलफल भएको कार्यक्रमका अध्यक्ष तथा एकीकृत नेकपा माओबादी जिल्ला अध्यक्ष कलक बहादुर खड्काले जानकारी दीनु भयो ।