Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असार २२ गते, दिउँसो २:०७ बजे नवलपुर - NWL, समाज

नवलपरासीमा अनुमति नलिइकनै निजी विद्यालय सञ्चालन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार २२, नवलपरासी । नवलपरासी जिल्लामा धैरै सङ्ख्यामा अवैध रुपमा (नियम विपरीत) निजी विद्यालय (बोर्डिङ) सञ्चालन हुँदै आएका छन् ।

विशेष गरी तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन हुँदै आएका निजी विद्यालयहरु (बोर्डिङ)को सङ्ख्या अझ बढी सङ्ख्यामा रहेको पाइन्छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा ३० वटा विद्यालय अनुमति नलिई सञ्चालन भइरहेका छन् । विशेष गरी कक्षा १० सम्मको कक्षा सञ्चालन गर्नेबाहेक स–साना कक्षा सञ्चालन गर्ने विद्यालय अधिकांश मापदण्ड विपरीतका रहेका छन् ।

त्यसरी अनुमति नलिई बोडिङ स्कुल सञ्चालन हुने क्षेत्रमा सबैभन्दा बढी जिल्लाको ग्रामीण क्षेत्रमा रहेका छन् ।

अनुमति नलिई अवैध रुपमा सञ्चालन हुँदै आएका बोर्डिङ स्कुललाई बन्द गराउन र त्यस्ता विद्यालयलाई मापदण्डमा ल्याउन कार्यालयले काम थालेको जिल्ला शिक्षा अधिकारी मानबहादुर खड्काले जानकारी दिनुभयो ।

आर्थिक प्रलोभनमा परी जिल्ला शिक्षा कार्यालयले अनुमति नपाएका बोर्डिङ स्कुललाई कारबाही नगरेको भन्दै व्यापक विरोध भएपछि जिल्ला शिक्षाले सबै निजी विद्यालयलाई मापदण्डमा ल्याउन यस्तो प्रयास थालेको छ ।

अनुमति नपाएकासँगै भौतिक पूर्वाधार पूरा नगरी झुपडीमा सञ्चालन भएका विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको, शाखा विद्यालय सञ्चालन भएको र अनुमति नलिएका बोर्डिङ स्कुलले लाखौँ रुपैयाँ राजस्व नतिरेकाले कर ठगी गरेको शिक्षा कार्यालयको ठम्याइ छ ।

छिमेकी जिल्ला चितवन र अन्य जिल्लामा अवैध बोर्डिङ स्कुल बन्द भए पनि नवलपरासीमा भने बन्द नहुनुमा जिल्ला शिक्षा कार्यालयको कमजोरी रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन नवलपरासीले जनाएको छ । रासस