१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

क्रान्तिकारी पत्रकार संघको प्रादेशिक भेला सम्पन्न

२९ माघ २०७२, शुक्रबार ०७:५०

bajahngसम्राट सिंह/माघ २९, बझाङ । क्रान्तिकारी पत्रकार संघको प्रदेश नम्बर ७ को प्रादेशिक भेला बिहिबार धनगढीमा सम्पन्न भएको छ । संगठन सृदृढीकरण र पेशागत हकहितका लागि सुदूरपश्चिमका ९ जिल्लाका क्रान्तिकारी संघको भेला गरिएको हो ।

सम्पन्न प्रादेशिक भेलाबाट पहल साउँदको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरिएको छ । भेलाले नेपाल पत्रकार महासंघले सुरु गरेको पत्रकारीता बिमा प्रभाबकारी बनाउनु पर्ने र पत्रकारको जिबन बिमा समेत सुरु गर्नु पर्ने माग समेत गरेको छ ।

राज्यको मुल प्रवाहीकरणमा सबै भन्दा कम पहुँचमा सुदूरपश्चिमको रहेको क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सम्मेलन आयोजक समिति संयोजक गोबिन्द आर्चायले बताए । आर्चायले भने राज्यबाट प्राप्त सेवा सुबिधा सबै भन्दा कम पाउने कोही छ भने त्यो सुदूरपश्चिम हो त्यसैले राज्यका सबै संरचना प्रदेश तहमा निमार्ण गर्न जरुरी छ ।

सुदूरपश्चिमका ९ जिल्लाका झण्डै ५० जना क्रान्तिकारी पत्रकार संघका पदाधिकारीहरुको उपस्थितिमा प्रादेशिक भेला सम्पन्न भएको हो । प्रादेशिक भेलाको मुख्य उदेश्य संगठन सृदृढिकरण गर्ने र अब क्रान्तिकारी पत्रकार संघ नयाँ ढंगले अघि बढ्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन ।

भेलाले २०५२ साल माघ २९ गते भएको महाकाली सन्धी २० बर्ष पुगेको सन्दर्भमा, महाकाली सन्धिको पुनरावलोकन गरी नेपालको आबश्यकता अनुसार महाकाली नदीबाट पानीको न्यायोचित हक हासिल गर्दै पंचेश्वर लगाएताका परियोजना नेपालको हित अनुरुप निर्माण गर्नु पर्ने , राज्यको प्रादेशीक संरचना तत्काल कार्यान्वयन गर्न र सञ्चार सम्बन्धि राज्यबाट दिईने सम्पूर्ण सेवा सुबिधा र संरचना प्रदेश तथा जिल्ला तहमा ल्याउन पर्ने, सरकारले केन्द्रमा अघी बढाएको आम सञ्चार प्रतिष्ठान गठन पक्रीया तत्काल कार्यान्वयन गर्न र हरेक प्रदेशमा आम सञ्चार प्रतिष्ठान गठन गर्नु पर्ने , देशभरका सञ्चार माध्यम लोड सेडिङको चर्को मारमा परेकाले लोड सेडिङ मुक्त घोषणा गर्नका लागी बैकल्पीक उर्जा को प्रयोगगरी लोड सेडिङमुक्त घोषणा लगाएतका प्रस्ताब पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का