सास । असार २२, बदिया । 

जिल्ला युवा समतिको कार्यालय बर्दियाले जिल्लाका चारजना प्रतिभावान युवा तथा उद्यमीहरुलाई सम्मान गरेको छ । 

आ.व. २०७३÷०७४ को युवा प्रतिभा पहिचान कार्यक्र"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार २२, बदिया । 

जिल्ला युवा समतिको कार्यालय बर्दियाले जिल्लाका चारजना प्रतिभावान युवा तथा उद्यमीहरुलाई सम्मान गरेको छ । 

आ.व. २०७३÷०७४ को युवा प्रतिभा पहिचान कार्यक्र"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

युवा प्रतिभाहरु सम्मानित

२०७४, २२ असार बिहीबार १६:३९

सास । असार २२, बदिया । 

जिल्ला युवा समतिको कार्यालय बर्दियाले जिल्लाका चारजना प्रतिभावान युवा तथा उद्यमीहरुलाई सम्मान गरेको छ । 

आ.व. २०७३÷०७४ को युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत आज कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच स्थानीय विकास अधिकारी तेजराज शर्माले युवा प्रतिभाहरुलाई नगद तथा प्रशंसा–पत्रद्वारा सम्मान गर्नुभएको हो ।


कार्यक्रममा साविक जमुनी १ निवासी पशुपालक कृषक धनलाल पौडेल, मैनापोखर ७ निवासी साना उद्यमी गीता खड्का, मगरागाडी ३ निवासी सुभाष परियार र कालिका ३ निवासी प्रभात सुवेदीलाई सम्मान गरिएको छ । 

धनलाल पौडेलले वैदेशिक रोजगारीबाट फर्केर उन्नत जातका गाईपालन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ भने साना उद्यमी गीता खड्काले सानो पूँजीबाट शुरु गर्नुभएको दालमोठ उद्योगबाट स्वरोजगार भई अरुलाई पनि रोजगार दिन सफल हुनुभएको छ । यसैगरी मगरागाढी ३ निवासी सुभाष परियारले उसु खेलको माध्यमबाट आफ्नो पहिचान राष्ट्रियस्तरसम्म पु¥याएकोमा र कालिका ३ निवासी प्रभात सुवेदीलाई भने बर्दिया जिल्लामा रहेर दुई दशकभन्दा बढी समय लोक गीत सङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान गर्दै उत्कृष्ट प्रतिभा प्रदर्शन गरेकोमा सम्मान गरिएको हो । कृषक, उद्यमी तथा खेलाडीहरुलाई नगद ७ हजार सहित प्रशंसापत्र प्रदान गरिएको र प्रभात सुवदीलाई नगद ९ हजार सहित प्रशंसापत्र प्रदान गरिएको हो । 


युवा प्रतिभाहरुलाई सम्मान गर्नुहुदै स्थानीय विकास अधिकारी तेजराज शर्माले भन्नुभयो, ‘यी प्रतिभाहरुबाट समाजले केही सिक्नु पर्दछ । समाजलाई सुधार गर्दै शिक्षा दिने काम पनि युवाहरुको हो जसका माध्यमबाट समाजका अन्य युवाहरुलाई नैतिक चेतना दिन सकिन्छ ।’ वहाँले अगाडि भन्नुभयो, ‘यसका लागि आफ्नो प्रतिभाप्रति पूर्ण समर्पित भई निखार्दै लानु पर्दछ ।’ स्थानीय विकास अधिकारी शर्माले हाम्रा किसानका छोराछोरी विदेशमा गएर किसानी गरेरै अर्काको देशलाई धनी बनाएका छौं अब भने स्वदेशमा रोजगारी सिर्जना गर्नेतर्फ पनि सोच्न युवाहरुलाइ आह्वान गर्नुभयो । वास्तवमा वैदेशिक रोजगारका कारणबाट हाम्रा बालबालिकाहरुले माया ममता नपाउँदा उनीहरुको सोचाई फरक हुने र समाजमा विभिन्न खालका गलत कृयाकलापहरुमा फस्ने गरेको कुरा औंल्याउनुहुँदै यस्ता क्रियाकलापहरुले पारिवारीक सम्बन्धमा पनि ह्रास आएको बताउनुभयो । 

जिल्ला युवा समितिको कार्यालय बर्दियाका प्रमुख नीलकण्ठ रेग्मीले युवाहरुको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले अझै समर्पित भावका साथ आ–आफ्नो पेशामा लागेर स्वरोजगार भई अरुलाई पनि रोजगार दिनका लागि उत्पे्ररणा जागृत गर्नका लागि जिल्लामा ४ जना छनोटमा पर्नुभएको जानकारी गराउनुभयो । यस प्रकारका प्रतिभाहरुको सम्मान प्रत्येक वर्ष गरिने समेत वहाँले बताउनुभयो । 

जिल्ला युवा समितिका पदेन सदस्य पार्वती पण्डितको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख गीरा कुमारी बस्नेत, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक विष्णु प्रसाद ढकाल, श्री विद्या ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तीसागर रेग्मी, लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा युवा प्रतिभा प्रभात सुवेदीले अाफ्ना विभिन्न साङ्गीतिक प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित