2026-10-30 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पूर्वी रुकुम - ERKM

अटो रिक्सा दुर्घटना हुँदा रुकुमपूर्वमा १ जनाको मृत्यु, ४ जना घाइते

रुकुमपूर्व । रुकुमपूर्वमा गएराति अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने चालकसहित ४ जना घाइतेसमेत भएका छन् ।

गएराति करिब ११ बजेको समयमा रुकुमपूर्वको सिस्ने गाउँपालिका-६, खोपिचारमा लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । भने अटो रिक्सा दुर्घटनामा परी ४ जना घाइते भएको प्रहरीले बताए |

अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका-६ कि १२ वर्षीया बिष्णु बुढाको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार गर्ने क्रममै मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय अनुसार घाइते हुनेमा एउटै घरको १४ वर्षकी सुशिला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षको महेन्द्र बुढा र सो गाउँपालिकाको अटो चालक तोपबहादुर कार्की रहेका छन् |

घाइते सबैलाई रात्री नै उद्रवार गरेर एकजनाको अवस्था गम्भीर रहेकोले कोहलपुर पठाएको छ भने अन्य तीन जना घाइतेलाई जिल्ला अस्पतालमा उपचाररत रहेका छन् । प्रहरीका अनुसार अटो तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम