Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

धादिङका महिलाहरु आफैँ लागे भूकम्प प्रतिरोधी घर बनाउन

By kit

असार २३, धादिङ । पुरुषले जस्तै गाह्रो काम गर्न महिलाहरुले पनि सक्छन् भन्ने कुरा प्रमाणित गरिदिएका छन् धादिङका महिलाहरुले ।

बेनिघाट रोरांग  नगरपालिका वडा नम्वर ९ र १० (साविकको जोगीमारा गाविस)का महिलाहरु आफ्नै हातले सुरक्षित घर बनाउन उत्साहित भएका छन् । घर बनाउन प्राय पुरुषहरु नै अब्बल देखिन्छन् तर महिलाले पनि घर बनाउने काम गर्न सक्छन् भन्ने कुरा उनीहरुले प्रमाणित गरिदिएका छन् ।

गरिवी निवारण कोषद्धारा सन्चालित भुकम्प प्रभावित समुदायको लागी पुनर्निमाण तथा पुनरस्थापना सहयोग कार्यक्रमको सहयोगमा समग्र विकास सेवा केन्द्र, धादिंगको ब्यवस्थापनमा सन्चालन भईरहेको डकर्मी तालिम लिएपछि उनीहरुमा थप उत्साह छाएको छ ।

हामी घरको काममा मात्रै सिमित थियौँ तर गाउँमा नै डकर्मी तालिम लिन पाएपछि घर बनाउने काम गर्न थालेकी छु । होम कुमारी चेपांगले सुनाइन् ।  उनी मात्र होइन सुकमाया चेपांग र सोमाया  चेपांगले तालिम लिई घर बनाउने काम गरिरहेका छन् । तिनैजनाले आफैले कमाएर जिबिको पार्जन गर्दै बालबच्चा हुर्काउदै आई रहेका छन् ।

अहिले बेनिघाट रोरांग गाउपालिका वाड न ९ र १० का बिभिन्न  २२ वटा सामुदायिक संस्थाका गरी २५ (पुरुष २० जना र महिला ५ जना) ले तालिम लिई रहेका छन् । समग्र विकास सेवा केन्द्रले गंगाजमुना गाउपालिकामा १ वटा र बेनिघाटरोराङ गांउपालिकामा वाड न १० लैताकमा केहि दिन लगतै सुरु हुदैछ ।

तालिम यसै गाउपालिकाका वाड न ९ का जननिर्वाचित सुरेश मल्ल ठकुरीको प्रमुख आतिथ्यमा औपचारिक रुपमा उद्घाटन भएको थियो भने गरिबि निबारण कोषका ईन्जिनियर सन्दिप पौडेल र दिपेन्द्र अवस्तीले सहजीकरण गरेका थिए ।