१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुआहारा कार्यक्रम प्रभावकारी नभएको गुनासो

३ फाल्गुन २०७२, सोमबार ०६:१३

सम्राट सिंह/फागुन ३, बझाङ । गर्भवती एवं सुत्केरी महिला र बालवालिकाको पोषण अवस्थामा सुधार ल्याउन जिल्लामा संञ्चालन हुँदै आएको सुआहारा कार्यक्रम प्रभावकारी नभएको बझाङ्गबासीले गुनासो गरेका छन ।

सुआहारा कार्यक्रम मार्फत जिल्लाका ४२ गाविस र नगरपालिका गरी ३ वर्षको अवधीमा झण्डै ७ करोड भन्दा बढी रकम खर्च गरिएको भएता पनि खर्च अनुसारको उपलब्धी न्युन देखीएपछि सरोकारवालाहरुले प्रभावकारी नभएको गुनासो गरेका हुन ।

बिकट हिमाली जिल्ला बझाङमा सुआहारा कार्यक्रमले अधिकासं रकम चेतना विकासको लागी खर्च गरेको वताएता पनि ग्रामिण महिला तथा वालबालिकाको व्यवहारमा कुनै परिवर्तन नदेखिएको कोटदेवल गाविसका नरेन्द्र सिंहले बताए ।

करोडौ रकम खर्चेतापनि सुआहारा कार्यक्रम प्रभावकारी नभएको नागरिक समाजका अगुवा,पत्रकार तथा सुआहाराका कर्मचारीहरुले समेत चिन्ता व्यक्त गरेका छन ।

गाउँमा सुआहाराले बितरण गरेका कुखुरा एउटा पनि छैनन् कृषि तथा खाद्य सुरक्षा आयोजनाबाट बितरण भएका कुखुरा देखाएर कार्यक्रम संञ्चालन गर्दै आएको भएतापनि सरोकारवालाहरुको ध्यान नगएको नेकपा माओवादीका नेता चन्द्रसिंहले बताए ।

सुआहारा कार्यक्रममा अनिमियता भएको बारे अख्तियार दुरुपयोग अनुसन्धानमा उजूरी परेको भएपनि अख्तियारले छानविनमा कुनै चाँसो नदेखाएको उनको भनाइ छ ।

सुआहारा कार्यक्रमका संयोजक जगदिश लुहारले सुआहारा कार्यक्रमले जिल्लामा पोषणको क्षेत्रमा ठुलो योगदान पुर्याएको र कार्यक्रम प्रभावकारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का