नन्दराम जैशी/असार २३, जुम्ला । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि ३ महिना सम्म भर्ती भएका जुम्लाका म्यादी प्रहरी विहिबारदेखि घर फर्किएका छन् । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/असार २३, जुम्ला । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि ३ महिना सम्म भर्ती भएका जुम्लाका म्यादी प्रहरी विहिबारदेखि घर फर्किएका छन् । 
"/>

2026-10-15 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

तिन महिना पछि घर फर्किए म्यादी


नन्दराम जैशी/असार २३, जुम्ला । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि ३ महिना सम्म भर्ती भएका जुम्लाका म्यादी प्रहरी विहिबारदेखि घर फर्किएका छन् । 

स्थानीय निर्वाचन २०७४ को लागि गत चैत २५ गतेदेखि म्यादी प्रहरी नियूक्ति भई २०७४ असार २१ गतेसम्म शान्ति सुरक्षाका लागि ड्युटी गरिरहेका जुम्लाका झण्डै ३ सय ३९ जना म्यादी प्रहरी घर फर्किएका हुन् ।

विहिबार जिल्ला प्रहरी  कार्यालयले एक औपाचारिक कार्यक्रम गरी उनिहरुको बिदाई गरेको छ । यस अघिनै १३ जना म्यादी प्रहरीले अवकाश लिएका थिए । म्यादी प्रहरीकै  रुपमा रही ३ महिना सम्म सदरमुकामा कोठा लिएर बसेका अधिंकाश म्यादी प्रहरी आजनै कुम्लो कुटिरो गरी घरको बाटो तय गरेका छन् ।  कार्यक्रमको अबसरमा म्यादी प्रहरीको रुपमा निश्चित समय अवधिभर ईमान्दारपुर्वक कार्य गरे बाफत प्रमाणपत्र सहित भव्य रुपमा बिदाई गरिएको प्रहरी नायब उपरिक्षक गुरुविष्णु काफेलले बताउनुभयो । 

बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचन जुम्लामा शान्त र मर्यादित तरिकाले सम्पन्न हुनुमा म्यादी प्रहरीको भुमिका सरानिय रहेको उहाँले बताउनुभयो । सरकारले म्यादी प्रहरीकोे लागि छुट्टाएको बजेटमा उनिहरुले खाएको खाना अनुसारको रकम मात्र कटाई एक पैसा तलमाथि नहुने गरी चेक मार्फत सबै तलब भुक्तानी गरिएको डिएसपी काफ्लले बताउनुभयो । उहाँका अनुसार ३ महिनाको अबधिभर म्यादी मध्ये सबै भन्दा उत्कृष्ट काम गर्ने धनबहादुर रावत र धनलक्ष्मी भण्डारीलाई पुरुस्कृत समेत गरिएको छ ।

दुई महिना सम्मको लागि भनेर भर्ती गरिएता पनि दोस्रो चरणको निर्वाचन सरकारले  सार्ने निर्णय गरेपछि पुनः एक महिना थप गरी ३ महिनासम्म अर्धप्रहरीकोे रुपमा शान्ति सुरक्षाका लागि काम गर्न पाउदा अति गर्भ लागेको म्यादी प्रहरीका कमान्डर तेजबहादुर रावलले बताउनुभयो । 

निर्वाचन देखि हालसम्म जस्तो सुकै परिस्थितिमा संगै रमाईलो गरेका साथीहरु  एक अर्काबिच छुट्नु पर्दा न्यास्रो लागेको महिला म्यादी प्रहरी धनलक्ष्मी भण्डारीले बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालयका अनुसार यहि असार २६ गतेबाट प्रहरी जवान छनौट प्रक्रियामा म्यादी प्रहरीहरुलाई बिशेष राहतको अबसर प्रदान गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित