असर २३, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ । 

सो कार्यालयद्वारा यहाँ आज आयोजित पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असर २३, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ । 

सो कार्यालयद्वारा यहाँ आज आयोजित पत"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

साउन १ गतेदेखि पोखरामा पनि हर्न निषेध लागु गरिने

२०७४, २३ असार शुक्रबार ०८:०२


असर २३, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ । 

सो कार्यालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी निरीक्षक विश्वराज अधिकारीले आगामी साउन १ गतेदेखि जिल्लामा हर्न निषेध गर्ने बताउनुभयो । सार्वजनिक गरिएको एक महिने कार्ययोजनामा नगर क्षेत्रका मुख्य ठाउँमा हर्न निषेध बोर्ड राख्ने, प्रेसर हर्न नियन्त्रण कार्यक्रम तथा हर्न बजाउन नपाइने सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छन् । 

प्रहरी निरीक्षक अधिकारीकाअनुसार, यस सम्बन्धमा चालकलाई प्रशिक्षण दिने, जेब्रा क्रसिङ सचेतना र चालक तथा पैदल यात्रीलाई पर्चा वितरण, दुर्घटनाग्रस्त क्षेत्रमा होर्डिङ बोर्डहरु राख्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने छन् । 

सवारी दुर्घटना न्यूनीकरण गर्न सडक प्रयोगकर्ताले अपनाउनुपर्ने सावधानी सम्बन्धमा सचेत गराई हुन सक्ने सम्भावित जोखिमहरु जस्तै मानिसको मृत्यु, अपाङ्ग, अङ्गभङ्ग तथा सम्पत्ति क्षति कम गर्न पनि कार्यालयले विभिन्न कार्यक्रम गर्ने वताइएको छ । 

बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि तथा सवारीसाधनको निरन्तर वृद्धिका कारण जिल्लाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी