Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

चालु आर्थिक बर्षमा महिला तथा बालबालिका कार्यलयले ग¥र्यो यस्ता काम

By kit

महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको महिला तथा बालबालिका कार्यलय पर्बतले चालु आर्थिक बर्षमा ७ सय ५४ वटा परिचय पत्र बितरण गरेको छ । श्रावण एक देखि चालु आर्थिक बर्ष ०७३÷७४ को असार मसान्त अगाबै कार्यलयले अपाङ्गता परिचय पत्र र जेष्ठ नागरिक परिचय पत्र गरि कुल ७ सय ५४ परिचयपत्र बितरण गरेको हो । कार्यलयबाट र गाउँघरमा नै घुम्ती शिबिरको अबसरमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको पहिचान गरि कार्यलयले सेबा प्रदान गरेको हो ।

कार्यलयले श्राबण १ देखि अहिलेसम्म पुरुष १ सय १७ र महिला ९५ गरि कुल २ सय १२ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरिसकेको छ । जसमध्ये रातो कार्ड पुरुष १५ महिला १२, निलो कार्ड पुरुष ४६ महिला ३४, पहेलो पुरुष ३८ महिला ३० र सेतो कार्ड पुरुष १८ र महिला १९ रहेका छन् । त्यस्तै जेष्ठ नागरिक परिचय पत्र लिनेमा २ सय ९२ पुरुष र २ सय ५० महिला गरि कुल ५ सय ४२ जना रहेका महिला तथा बालबालिका कार्यलय पर्बतका निमित्त प्रमुख तारादेबि सुनुवारले जानकारी दिनुभयो ।

त्यतिमात्र नभएर कार्यलयले चालु आथर््िाक बर्षमा साबिकका गाबिस तथा हालका ५ वटै गाउँपालिका तथा २ नगरपालिका भित्रका प्रायजसो बडाहरुमा बिभिन्न कार्यक्रम समेत सम्पनन गरेको छ । कार्यलयले बिभिन्न गाबिसहरुमा नयाँ समिति गठन देखि लिएर गाउँघरमा रहेका महिलाहरुलाई नेतृत्व तथा संस्थागत तालिम, पुर्ब सहकारी शिक्षा, लेखापालन तालिम,महिला संस्थाको अबस्थाको बारेमा जानकारी, महिला संस्था गठन, सिप तथ ब्यवसायीक तालिम लगायतका बिभिन्न कार्यक्रमहरु प्रदान गरेको सुनुवारले जानकारी दिनुभयो । साथै कार्यलयले साबिकको बालाकोट गाबिसमा भबन निर्माणको लागि १ लाख अनुदान समेत दिएको छ ।